काठमाडाैं-शुद्ध र स्वस्थ मासुका लागि सिङमा हरियो चिन्ह भएका खसीबोका मात्र खरिद गर्न सरकारले सुझाव दिएको छ। पशु सेवा विभागले स्वस्थ खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिन्ह लगाएर मात्र बजारमा पठाउने अभियान सुरु गरेको छ।
अभियान आइतबारदेखि सुरु भएको छ। खसीबोकाको अत्यधिक कारोबार हुने कलंकी, बालाजु बाइपास, टुकुचा बजार, लोकन्थली, सल्लाघारी, साँगा, सतुंगल र चोभारमा अस्थायी रूपमा पशु चिकित्सकको टोली परिचालन गरी खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरिएको छ।
सतुंगल र चोभारमा राँगाकोसमेत स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ। विभागकी उपमहानिर्देशक डा।सम्झना काफ्लेले यो अभियान एक सातासम्म सञ्चालन हुने जानकारी दिइन्। प्रत्येक टोलीमा एक वरिष्ठ पशु चिकित्सक र चार जना सहायक पशु चिकित्सक गरी पाँचजना खटाइएको छ।
काफ्लेअनुसार पशु चिकित्सकले दसैंमा उपभोग गर्न ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शंका लागेमा रगतको नमुनाका आधारमा अध्ययन गरेर स्वस्थ ठहरिएकाको सिङमा हरियो र अस्वस्थ ठहरिएकाको सिङमा रातो चिन्ह लगाउने व्यवस्था गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस