हिदु नेपालीहरुको महान् चाड दशैँ गाउँ होस् वा शहर, केटाकेटी हुन् वा वृद्धवृद्धा, धेरैलाई दशैँको रौनक छाइसकेको छ । दशैँको बेला धेरै दिनसम्म हुने विदा, मनमोहक प्राकृतिक वातावरण, आफन्तसँग समय बिताउन पाउने खुसी, आदिले धेरैको प्रतिक्षा चाड हो, दशैँ ।
परिवारका सबै सदस्यहरु भेला भएर एक आपसमा रमाइलो गर्दै मीठो मसिनो खाएर यो पर्व मनाउने गरिन्छ । विशेषगरी, दशैँमा धेरै घरको भान्सामा मासुका परिकारहरु पाक्छन् । अन्य समयमा भन्दा दशैँका बेला मासुलाई विभिन्न तरिकाले पकाएर फरक फरक स्वादमा खाने गरिन्छ, भुटन, तास, सेकुवा, झोल, फ्राई, आदिको रुपमा ।
हुँदा खाने र हुने खाने दुवै वर्गका भान्सामा दशैँको बेला मासु पाकेकै हुन्छ । यसरी हेर्दा, दशैँ र मासु एक आर्काका परिपुरुक हुन् कि जस्तो पनि लाग्छ । त्यत्ति मात्रै होइन, दशैँ नजिकिँदै गर्दा शाकाहारी र माँसाहारी दुवैले मासुको विषयमा कम्तीमा एकपटक कुरा गरेकै हुन्छन् ।
शाकाहारीहरुले मासुको सट्टा के खाने र माँसाहारीले मासुका कस्ता कस्ता परिकारहरु खाने भनेर योजना बनाउँछन् । अन्य समयमा विभिन्न कामकाजले व्यस्त रहँदा आँफैले पकाएर मासुका धेरै परिकारहरु खाने फुर्सद नभएर दशैँलाई पुर्ण सदुपयोग गर्नेहरु पनि धेरै छन् ।
कतिपय अवस्थामा शाकाहारी बन्नु राम्रो र मांसाहारी नराम्रो भन्ने चिन्तन सुन्न पाइन्छ । तर यसका आफ्नै राम्रा र नराम्रा पक्ष छन् । कतिपय अवस्थामा मासुबाट राम्रो मात्रामा प्रोटिन प्राप्त हुने हुँदा शारिरिक विकासका लागि आवश्यक पनि छ ।
मासुको जाँच गरी, सफा मासु मात्र खानुपर्छ । मासुलाई चिस्याएर, थोरै तेल हाली वा उसिनेर छाकमा ३-४ टुक्रा सम्म खाँदा यसले शरिरलाई बेफाइदा गर्दैन । तर मासु खाइसकेपछि भने पर्याप्त मात्रामा पानी पिउनुपर्छ । माछा, मासु, तरकारी, फलफुलका वा आफ्नै विशेषता रहेकाले चाडबाडका बेला हरियो सागसब्जी, सलादसँगै हरेक वस्तु मात्रा मिलाएर खानु अपरिहार्य छ ।
आफ्नै घरमा खसी, बोका, राँगा, च्याँङग्रा, आदि काटेर मासु खाने गरिन्छ । विशेषगरी फुलपाती र महाअष्टमीको दिन वली दिने नाममा हजारौँ निमुखा पशुपंक्षीहरुको हत्या गरिन्छ । अनि उक्त मासु धेरै दिनसम्म विभिन्न तरिकाले पकाएर मीठो परिकारको रुपमा खाने प्रचलन छ । तर चलिआएको चलन भन्दै धेरैदिनदेखी काटेर राखेको मासु दशैँमा खानु भने स्वास्थ्यका दृष्टिले फाइदाजनक हुँदैन ।
दशैँमा मासु धेरै उपभोग गर्दा स्वास्थवर्धक छ-छैन बुझ्न आवश्यक छ । धेरै मासु खाँदा मानव स्वास्थ्यलाई फाइदा गर्छ कि गर्दैन, कति मात्रामा मासु खानुपर्छ, आदि कुराको पनि ख्याल राख्न जरुरी हुन्छ । मासुकै कारण विभिन्न जुनोटिक रोगहरु (जनावर वा पशुपंक्षीबाट मानिसमा सर्ने रोग) पनि लाग्न सक्छ । त्यसबारे पनि सचेत हुन उत्तिकै आवश्यक छ । सेतो मासु (वाइट मिट) र रातो मासु (रेड मिट) का भिन्नताका विषयमा पनि विभिन्न प्रसंग सुन्न पाइन्छ । सेतो वा रातो कुन मासुले स्वास्थ्यलाई फाइदा पुग्छ, बुझेर मात्रै मासु खानुपर्छ ।
दशैँमा मासुका लागि काटिने पशुपंक्षीहरु वा काटेर तयारी अवस्थामा बेचविखनका लागि बजारमा राखिएका मासु कुन ठाउँबाट आयात गरिन्छ, त्यसको पनि ख्याल गर्न जरुरी छ । मासुको हाइजिन र परिक्षण सम्बन्धि थुप्रै अनुसन्धान नेपाल कृषि अनुसन्धान परिषद्ले गरिरहेको छ ।
प्रायः दशैँमा खसीको मासु खाने गरिन्छ । खसीको मासुमा थुप्रै आवश्यक तत्व जस्तै प्रोटिन (४२ प्रतिशत), पोटासियम, आइरन, भिटामिन ए, सि, डि, बि ६, १२, क्याल्सियम, म्याग्नेसियम आदि पाइन्छ । यससँगै यसमा ७ देखी १० प्रतिशत फ्याट र १९ प्रतिशत कोलेस्ट्रोल पाइन्छ ।
कुखुरा र टर्की (वाइट मिट) को मासुमा फयटको मात्रा रातो मासु भन्दा कम हुन्छ । मासु रातो र सेतो यसमा भएका मायाग्लोबिन नामक कोशिकाले निर्धारण गर्छ । सेतो मासुको तुलनामा रातो मासुमा फ्याट बढी भएसँगै यसमा प्रोटिन, भिटामिन र अन्य तत्व पनि बढि पाइन्छ ।
आफ्नो टेष्ट र प्राथमिकताका आधारमा पनि रातो वा सेतो मासुको प्रयोग हुन्छ । मासुमा रहेको कोलेस्ट्रोल र फ्याटका कारण शरिरमा कत्तिको हानी पुग्छ भन्ने कुरा मासुको मात्रा र तरिकामा निर्भर गर्दछ । हरेक छाकमा सही मात्रामा, सही तरिकाबाट पकाएर प्रयोग गर्नाले यसले शरिरलाई आवश्यक पौष्टिक तत्व दिन्छ ।
खानपिनमा ध्यान नदिँदा दशैँका बेला मानिसहरुमा झाडाबान्ता, कब्जियत, ग्यास्ट्रिक, एसिडिटी जस्ता समस्या देखा पर्छ । त्यत्ति मात्रै होइन, चाडपर्वको समयमा साथीभाई, इष्टमित्रसँग बसेर (विशेषगरी युवा) मासु सँगसँगै पेयपदार्थको सेवन गर्छन् । यसले लिभर र दिमागमा असर पु¥याउनका साथै शारिरिक तौल बढ्ने, मुटुरोग, मधुमेह, क्यान्सर, नवजात शिशुहरुमा जन्मजात रोग र डिप्रेसन समेत हुनसक्छ । यस्ता समस्याहरुले सामाजिक समस्या तथा दुर्घटना निम्त्याउने खतरा पनि उत्तिकै हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस