पुरुषका लागि यौनउद्दीपक भियाग्रा सन् १९९८ देखि बजारमा आएको हो। गएको २० वर्षमा संसारका ६ करोड २० लाख पुरुषले यसको प्रयोग गरेका छन्। अमेरिकी सेनाले मात्रै ४ करोड १६ लाख डलरको भिएग्रा खरिद गर्छ।
सन् २०१२ यता अमेरिका, मेक्सिको र क्यानडामा मात्रै १.४ अर्ब डलरको यो औषधि खपत हुन्छ। भिएग्रा संयोगवश आविष्कार भएको थियो। भिएग्रामा रहेको सिल्डेनाफिल औषधि मुटु रोगको उपचार गर्न आविष्कार भएको थियो।
पुरुषको तुलनामा महिलामा अत्यधिक यौन गुनासो हुने गरेको छ। थुप्रै तथ्यांकले देखाएअनुसार ४० देखि ५० प्रतिशत महिलामा यौनसम्बन्धी गुनासो हुन्छ। तैपनि महिलाका लागि भिएग्रा विकसित भएको छैन। किन त ?
धेरै पुरुष उत्तेजित हुनासाथ मानसिक रूपमा पनि यौनक्रियाका लागि तयार हुन सक्छन्। पक्कै पनि बीसे बाइसे ठिटा र ५०–५५का प्रौढको तुलना हुन सक्दैन। उमेरले यौनको आनन्द कम गराउन सक्छ। यस्तै बेलामा उत्तेजना बढाउने औषधि काम लाग्न सक्छ।
भियाग्रा जस्ता औषधिले अलिअलि भएको यौन उत्तेजनालाई ह्वात्तै बढाइदिन्छ। अर्थात्, यस्तो औषधिले मानिसको शारीरिक उत्तेजना र मानसिक चाहनाको तालमेल गराइदिन्छ।
तर, महिलाको यौनिकता फरक हुन्छ। महिलाहरू मानसिक रूपमा अलिकति पनि उत्तेजित नभई शारीरिक रूपमा उत्तेजित हुन सक्छन्। अर्को शब्दमा भन्दा महिलामा शारीरिक र मानसिक यौन उत्तेजनाबीच पातलो सम्बन्ध हुन्छ। अर्थात्, तपाईंमा यौन चाहना नहुँदा पनि तपाईं शारीरिक रूपमा पूरै उत्तेजित हुन सक्नुहुन्छ। त्यसैले भिएग्राजस्ता शारीरिक उत्तेजक औषधि महिलालाई काम लाग्दैन।
थुप्रै औषधि निर्माताले महिलाका लागि भिएग्रा बनाउने प्रयास गरे। तर, तिनले काम गरेनन्। पुरुषका लागि बनेको भिएग्राले यौनांगमा रक्तप्रवाह बढाइदिन्छ। तर, महिलाका लागि भिएग्रा भनेर प्रचारित गरिएको औषधि फ्लिबेनसरिनले दिमागमा रसायनको सन्तुलन मिलाएर यौन उत्तेजना बढाउनुपर्छ।
खास गरी, महिनावारी नरोकिएका महिलामा यौनेच्छाको कमीको उपचार गर्न यो औषधि आविष्कार गरिएको हो। तर, यो औषधि शतप्रतिशत प्रमाणित भइसकेको छैन। त्यस्तै, यसका साइड इफेक्ट पनि धेरै छन्। यो औषधिलाई अमेरिकी सरकारले स्वीकृत गरे पनि अन्य थुप्रै देशमा यसलाई स्वीकार गरिएको छैन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस