यासोक- पाँचथरको कुम्मायक गाउँपालिकाको रानीगाउँ पिङ्गडाँडामा दशै तिहारका लागि १८ बर्षपछि यसपाली बाकसे रोटेपिङ लगाइएको छ ।
बि स १९८४ सालदेखि शुरु गरिएको बकसे रोटेपिङ माओबादी द्वन्दकालमा बन्द गरिएको थियो | यो बर्ष रोटेपिङ्ग शुरु गरिएको ९२ बर्ष पुगेको अवसरमा पुन संचालनमा ल्याइएको हो |
बि स १९८४ सालदेखि दशै तिहारको अबसर पारी हात्तीपोखरी , चुङ्जिके खला हुँदै पिङडाडामा सालिन्दा पिङ लगाइएको समाजसेवी भक्तबहादुर सम्बाहाम्फेले बताए | सो स्थानमा पन्चमीको रात र भेजोको रातमा धुमधाम धान नाचेर दशै मनाउने पुरानो प्रचलन रहेको छ |
हरेक बर्ष परापूर्वकालदेखि मनाउदै आएको दशैं पर्बको अबसरमा कालोरात्री भेजोको दिन साझ ६ बजेदेखि यासोक , स्याबरुम्बा,रानीगाउँ,आङ्गसराङ्ग, माङ्गजाबुङ्ग लगायत टाढा टाढाबाट लिम्बु समुदायका युवा युवती जम्मा भइ पिङ डाडामा धाननाच तथा पिङ खेल्ने खेलाउने कालो रात्री साँझ कार्यक्रमको आयोजना समेत हुने गरेको छ |
उक्त स्थान र समयमा केलाङ धाननाच र तुरुप्पे नाच ( चर्कोबा ) सङ्गिनी बालन हुर्रा र चन्डी नाच पनि हुने कुरा समितिका सचीव सुजन सम्बाहाम्फे र कोषाध्यक्ष किरण सम्बाहाम्फेले बताए ।
रानीगाउँ युबा क्लबको बिशेष पहलमा शुरु भएको रोट्टेपिङ मात्र होइन यहाँको ऐतिहासिकता बोकेको पहिचानलाई जिवन्त बनाइन्दै लगिने क्लबका अध्यक्ष गुनेन्द्र सम्बाहाम्फेको भनाइ छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस