चितवन-माडी नगरपालिका ३ सिमराका करीब १ सय घरधुरी विगत १ दशकदेखी सुरक्षित स्थानमा बस्ती स्थानान्तरणको पर्खाइमा रहेका छन । सरकारी पक्षबाट अपेक्षित सहयोग नहुँदा र सम्बन्धित निकायले पहलकदमी नलिंदा बस्ती स्थानान्तरण अन्योलमा परेको हो ।
वि.सं. २०६४ भाद्र १२ गते नेपाली कांग्रेसका पुर्व सांसद तीर्थराज भुषाल, तात्कालीन नेकपा माओवादीका नेताद्धय पिताम्बर पोख्रेल र बाबुराम दवाडी, हालका माडी नगरपालिकाका नगर प्रमुख तथा तात्कालीन जनमोर्चा नेपालबाट ठाकुरप्रसाद ढकाल, तात्कालिन नेकपा एमाले लगाएतका दलहरूको सर्वदलिय बैठक बसि सो प्रतिनिधि मण्डलले केन्द्रिय दैवी प्रकोप व्यवस्थापन समितिलाई बस्ती स्थानान्तरणको लागि पत्र लेख्यो ।
सिमराबासी समेत सम्बन्धित मन्त्रालयमा पुगि वस्ती स्थानान्तरणको लागि जोडदार आवाज उठाए । केही आश्वासनको भरमा उनिहरू स्थानान्तरणको पर्खाइमा बसे ।
२०६७ साल आश्विन २४ गते बसेको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको छैठौं बैठकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पत्राचार गरी उचित स्थानमा स्थानान्तरणको लागि अनुरोध समेत गर्याे । त्यसपछि पनि यस विषयमा पटक पटक बैठक बसिए । स्थानियले सम्बन्धित मन्त्रालयमै पुगि ज्ञापन पत्र समेत बुझाए । तर अझैसम्म पनि सिमराबासीले भोग्नुपरेका पिडा र समस्यालाई बुझेर ठोस निर्णय निस्कन सकेको छैन ।
साबिकको बघौडा गा.वि.स. वडा नं. ५ मा पर्ने सिमरा गाउँमा रिउ नदीले बर्षेनी खेतीयोग्य जमिन कटान गर्दै आएको छ । तीनतिर राष्ट्रिय निकुञ्ज र एकतर्फ रिउ नदीबाट घेरिएको माडीको अमिलिया र सिमरा गाउँमा २०६४ र २०६७ सालको बाढीबाट जग्गा जमिन कटान तथा डुबान भई १२ घरपरिवारहरु विस्थापित भइ अन्यत्र जान वाध्य भएका थिए ।
निकुञ्जबाट निस्कने जंगली जनावरको आतंक र बर्षा समयमा बाढी गाउँ बस्तीमा पसेर जनधनको क्षति हुने क्रम अझैपनि रोकिएको छैन । बस्ती व्यवस्थापनको लागि पटक पटक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पत्राचार गरी सम्बन्धित मन्त्रालय र निकायमा ताकेता गर्दापनि ठोस निर्णय नआउँदा सिमराबासीहरुले अझैसम्म न्यायको अनुभुती गर्न पाएका छैनन । आफ्नो पहुँच नहुँदा जति नै नेताहरुलाई गुनासो गरेपनि, जति नै मन्त्रालय पुगेपनि सिमरा गाउँबासीको समस्या र पिडालाई बेवास्ता गरिएको स्थानिय सुकिया महत्तोले दुखेसो पोखे ।
रिउ नदीको अति किनारमा रहेको सिमरा वस्तीमा बसोबास गर्ने अधिकांश आदिबासी अति विपन्न परिवारका बालबच्चाहरु पठनपाठनका लागि विभिन्न परिस्थितिहरुलाई झेल्दै रिउ नदी पार गरेर विधालय जान बाध्य छन । बर्षातको समयमा झन खोलामा बाढी आउने र कांसका झाडीहरु बढने हुँदा आँफुलाई विद्यालय जान समस्या मात्र नभई डरसमेत लाग्ने गरेको माडी माध्यामिक विद्यालय कक्षा ९ मा अध्यनरत सिमराकी छात्रा अरुणा महत्तोले बताइन ।
सम्भव भएसम्म सिमराबासीलाई नै अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने नभए सिमरा गाउँको पुर्वाधार विकासमा जोड दिई निकुञ्जबाट निस्कने जंगली जनावरको आतंकलाई न्युनिकरण गर्न सोलार फेन्सले काम चलाउने होइन कि स्थायी उपाय नै अपनाउनु पर्ने, वर्षातको समयमा बाढिको प्रकोपबाट जोगिन नदि तटिय क्षेत्रमा पक्कि डयाम निर्माण गर्नुपर्ने, रीउखोलामा पक्कि पुल या झोलुङ्गे पुलको व्यवस्था, सिमरा गाउँमा आधारभुत तहको पठनपाठनको व्यवस्था, गाउँमा बाटोघाटो तथा वजुलिवत्तीको व्यवस्था हुनुपर्ने लगायत उनिहरूको माग छ ।
माडी नगरपालिकाले आगामि बैशाखसम्म करिब ९५ प्रतिशत घरमा विजुलि पुग्ने र अबको केहि वर्षमै माडीका सबैजसो ठाउँमा विजुलि पुगिसक्ने बताइरहँदा माडी क्षेत्रकै करिब १ सय घरधुरि अझैपनि अन्धकारमा बस्न बाध्य छन । जंगली जनावरको आतंक, बाढिको प्रकोप तथा अन्य पुर्वाधारको अभावका कारण सिमराका केहि घर परिवार विस्थापित भई अन्यत्र जान वाध्य छन भने केही आफ्नो थातथलो छोडेर बसाइँ सरि गएको स्थानिय अमर चौधरीको भनाई छ ।
तसर्थ, सिमराबासिहरुले भोग्नुपरेका वास्ताविक समस्याहरुको पहिचान गरि वस्ती स्थानान्तरणको विषयमा आवश्यक ठोस निर्णय गर्न माडी नगरपालिका र सम्बन्धित वडाका जनप्रतिनिधिहरुले तत्काल पहलकदमि भुमिका खेल्नुपर्ने जरुरी देखिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस