यौन सम्पर्कको बेलामा प्राप्त हुने चरमसुख विषयमा विभिन्न सर्वेक्षणहरु हुने गरेका छन् । एक अध्ययनले महिलालाई कसरी चरम सन्तुष्टि दिने विषयमा अध्ययन अनुसन्धान गरेको छ । कतिपय महिलाले कहिल्यै पनि चरमसुख प्राप्त गर्दैनन् भन्ने मतमा अडिएका हुन्छन् भने कतिपयले महिलाले चरमसुख प्राप्त गर्न अपनाउनुपर्ने विधिका विषयमा आ आफ्ना तरिका पस्किरहेका हुन्छन् ।
तर जे होस् सम्भोगका बेला पुरुषलाई जति छिटो चरमसुख प्राप्त हुन्छ महिलालाई यस्तो सुख प्राप्त गर्न कठीन हुन्छ र ढिलो हुन्छ ।
महिलाको चरमसुखका बारेमा विभिन्न भ्रमलाई चिर्दै वैज्ञानिक तथा यौन मनोविज्ञहरुले विभिन्न ६ वटा तथ्य पत्ता लगाएका छन् ।
न्यू साइन्टिस्ट म्यागेजिनमा छापिएको समाचार अनुसार महिलाको चरमसुखका विषयमा पत्ता लागेका ६ वटा रोचक तथ्य यसप्रकार रहेका छन् ।
१) महिलाको योनीभित्र जी स्पट हुन्छ भन्ने कुरा सत्य हो । योनीभित्र हुने यो स्थान निकै संवेदनशील क्षेत्र हो । यहीँ क्षेत्रमा घर्षण पैदा भएसँगै महिलालाई चरमसुख प्राप्त हुन्छ । यद्यपि यो क्षेत्र योनी भित्रको ठीक कुन भागमा हुन्छ भन्ने कुराको एकिन भने गर्न सकिँदैन ।
२) चरम सुखका बेला महिलाको मस्तिष्कको अधिकांश भाग निस्कृय हुन्छ । वैज्ञानिकहरुले गरेको अनुसन्धानले के देखाएको छ भने जब मान्छेको दिमागमा सेक्सले ठाउँ पाउँछ, अरु विषय स्वतः निस्कृय हुन्छन् । अझ चरम सुखका बेला त संवेदनाको अनुभुति गर्ने क्षेत्र समेत निस्कृय हुन्छ ।
३) धेरै महिलाले चरम सुख प्राप्त गर्नै सक्दैनन् । अमेरिकामा गरिएको एक सर्भेक्षणले ४३ प्रतिशत अमेरिकी महिलामा यस्तो समस्या भएको देखाएको थियो । यसको निस्कर्ष के हो भने पुरुषको तुलनामा अत्यधिक महिलामा यौन सुख प्राप्त नगर्ने जैविक कमजोरी नै हुन्छ ।
४) चरमसुखलाई वंशाणुले फरक पार्छ । अनुसन्धान अनुसार चरमसुखमा हुने ४५ प्रतिशत विविधता वंशाणुकै कारण हुन्छ । कतिपय महिलाले सम्भोगका बेला चरमसुख पाउन सक्दैनन् र केहीलाई हस्तमैथुन गर्दा पनि यौन सुखको अनुभुति हुँदैन, यसो हुनुमा वंशाणुगत कारण मुख्य हुन्छ ।
५) चरमसुख दिने प्रविधि बन्दैछ । जैविक कारणले नै चरमसुख पाउनबाट बञ्चित महिलाहरुलाई यौनसुखको अनुभुति दिलाउनका लागि वैज्ञानिकहरुले प्रविधिको विकाश गरिरहेका छन् । यौन उत्प्रेरकको काम गर्ने यस्तो प्रविधि महिलाको सुसुम्ना अर्थात् ढाडभित्रको नसामा जोडिनेछ जसले महिलामा चरम सुख प्राप्त नहुने समस्या समाधान गरिदिनेछ ।
६) यति हुँदाहुँदै पनि महिलाको चरमसुखका विषयमा रहेका भ्रम सबै मेटिन सकेका छैनन् र यो विषयमा रहेका सबै प्रश्नको उत्तर प्राप्त भैसकेको छैन । यो विषय क्रम विकाशका वैज्ञानिका लागि पनि निकै कठीन विषय बनिरहेको छ । कतिपयले त यौन सुख महिलाका लागि अनावश्यक बोझ भएको बताउँछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस