हामी सबैलाई थाहा छ एक ब्यक्ति अर्को भन्दा फरक हुन्छ । मानिस अनुसार रुची पनि फरक फरक हुन्छन् । कसैलाई गुलाफ मन पर्छ त कसैलाई गुराँस । कसैलाई गुलियो खान मन पर्छ त कसैलाई नुनिलो । यसैगरी यौनिक मामलामा पनि मानिसहरुमा फरक फरक गुण र ब्यवहार हुन्छन् । कसैलाई यौन सम्बन्ध राख्दा सादा तरिका मन पर्छ भने कसैलाई विभिन्न तरिका अपनाउन मन पर्छ । कसैलाई कामुक कुराकानी मन पर्छ भने कसैलाई एक अर्कालाई हेरे मात्र पुग्छ । ज्यौतिषशास्त्रका अनुसार राशी अनुसार मान्छेको यौनिक चाहना र ब्यवहार फरक हुने गर्दछ |
१-मेष राशिका मान्छे छिट्टै आवेशमा
मेष राशिका मानिसमा कामुकता अत्याधिक हुन्छ । तर लामो समयसम्म यौन सम्बन्ध राखिरहन भने मन पराउँदैनन् ।यो राशिका मानिसहरु कम समयमा धेरै यौनिक आनन्द लिनेमा विश्वास गर्छन् । यौन सम्बन्ध राख्ने वेलामा यिनीहरु आतुर हुन्छन् ।
२-वृष राशिलाई चुम्बन
वृष राशिका ब्यक्ति धैर्यशाली हुन्छन् । यिनीहरु आवेशमा आउँदैनन् । चुम्बन यिनीहरुलाई निक्कै मन पर्छ । यिनीहरुले यौन सम्बन्ध लामो बनाउन चाहन्छन् र एक अर्कालाई माया गर्नु पर्ने चाहन्छन् । यिनीहरुलाई यौन सम्बन्धका लागि पहल गरेको मन पर्छ ।
३-मिथुन राशिलाई प्रेमालाप
यो राशिको स्वामी बुध हो त्यसैकारण कामुक भावना प्रवल हुन्छ । यिनीहरु पनि निक्कै आतुर हुन्छन् । यौनका लागि यिनीहरु छिटै तयार हुन्छन् । यौन सम्बन्ध गरिरहँदा यिनीहरुलाई प्रेमालाप पनि गरेको मन पर्छ । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टीप्रति पनि सचेत हुन्छन् ।
४-कर्कट राशिवालाहरु प्रेममा उत्साहित
यो राशिका मानिस भावुक र मानसिकरुपमा संवेदनशील हुन्छन् । यिनीहरुको यही स्वभावका कारण यौन आनन्द त्यति लिन सक्दैनन् । यिनीहरुलाई आफ्नो पार्टनरको भन्दा पनि आफ्नो खुसी बढी महत्वपूर्ण हुन्छ । यो राशिका मानिसहरु प्रेमको आनन्द लिन जान्दैनन् र जीवनमा कमि महसुस भैरहन्छ ।
५-सिंह राशिले पर्खिन्छन् पार्टनरको इशारा
यो राशिका ब्यक्ति स्थिर स्वभावका हुन्छन् । यिनीहरुको भावना सहजै ब्यक्त हुँदैन । तर इशाराको पर्खामा भने हुन्छन् । यौन सम्बन्धको सममया यिनीहरु निक्कै जोशसहित प्रस्तुत हुन्छन् । जोशले गर्दा पार्टनरको भावना भने त्यति बुझ्दैनन् ।
६-कन्या राशिमा यौनप्रति विशेष रुची
यो राशिका मानिस केही लाज मान्ने स्वभावका हुन्छन् । यिनीहरुले प्रेमी प्रेमिका वा पति पत्नीसँग प्रेम ब्यक्त गरिहाल्दैनन् । यद्यपी चासो भने निक्कै धेरै हुन्छ । यो राशिका मानिस यौन सम्बन्धको बेला समय बर्बाद गर्दैनन् । प्रेमप्रति भने पुरै इमान्दार हुन्छन् । तर मुडी स्वभाव भने हुन्छ ।
७-तुला राशिका मानिसमा सम्बन्ध बढाउने चाहाना
यो राशिका ब्यक्ति आफ्नो पार्टनरको खुसीमा ध्यान दिन्छन् । प्रेम सम्बन्धका लागि दवाव पनि दिँदैनन् । साथीको इच्छा अनुसार तयार हुन्छन् । तुला राशिको स्वामी शुक्र भएका कारण यिनीहरुप्रति मानिस आकर्षित भैहाल्छन् । यिनीहरुलाई यौनक्रिडाको समयमा कुराकानी गर्न मन पर्छ ।
८-वृश्चिक राशिमा कामुक भावनाप्रवल
वृश्चिक राशिको स्वामी मंगल भएका कारण यो राशि भएका मानिसमा कामुकता बढी हुन्छ । यिनीहरुको अति उत्साहका कारण पार्टनरलाई भने केही कठिन हुन्छन् । प्रेमका कुरामा यिनीहरु भावुक हुन्छन् ।
९-धनु राशि जतिबेला पनि यौनका लागि तयार
यो राशिका मानिसको विशेषकता के हो भने यिनीहरु जतिबेला पनि यौन र प्रेमका लागि तयार रहन्छन् । यिनीहरुलाई यौन क्रिडाको समयमा चुम्बन गर्न र अरु क्रियाकलाप गर्न मन पर्छ ।
१०-मकर राशिलाई चुम्बन मन
यो राशिका मानिस प्रेम सम्बन्धका विषयमा गम्भीर हुन्छन् । यिनीहरु साथीप्रति समर्पित हुन्छन् । प्रेममा विश्वास गर्न लायक राशि मानिन्छ मकर । यिनीहरुलाई यौनक्रिडाको समयमा चुम्बन अत्याधिक मन पर्छ । तर पार्टनरको सन्तुष्टीप्रति कम सचेत हुन्छन् ।
११-कुम्भ राशिलाई प्रेममा नयाँ नयाँ प्रयोग मन
यो राशिका ब्यक्ति यौन क्रिडाका लागि अति उत्साहित हुन्छन् । यसमा नयाँ नयाँ आसन र शैलीको प्रयोग गर्न मन पराउँछन् । यौन क्रिडा गरिरहँदा अन्य कुरा गर्न मन पराउँदैनन् यिनीहरु । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टीलाई बढी ध्यान दिन्छन् ।
१२-मीन राशिको सम्बन्ध सुखद र आनन्ददायक
यो राशिका मानिसमा भावनाको प्रवलता हुन्छ । पार्टनरको भावना बुझेर सन्तुष्टीमा ध्यान दिन्छन् । यिनीहरुमा पनि यौन चाहाना अत्याधिक हुन्छ । कुम्भ राशि जस्तै नयाँ नयाँ प्रयोग गर्न मन पराँउछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस