अ एप्पल अ डे, कीप्स डाक्टर अवे’ अर्थात प्रतिदिन एउटा स्याउ सेवन गरे तन्दुरुस्त रहन पुग्ने विश्वास गरिन्छ । यो भनाइ तपाईले पनि सुन्नु भएकै होला । एउटा ताजा सर्भेका अनुसार स्याउ सेवनबाट महिलाको कामुकता बढ्ने गर्दछ ।
अध्ययनका अनुसार दैनिक स्याउ खाँदा स्वस्थ महिलाको यौन क्षमता बढ्छ । स्याउमा पोलिफेनाल्स र एन्टीआक्सिडेन्ट हुने गर्दछ । जसले यौनअंगमा रक्तप्रवाह बढाउन सहयोग गर्दछ । यसबाट महिलामा कामोत्तेजना थप बढाउने गर्दछ ।यो निर्णयमा पुग्नका लागि शोधकर्ताहरुले इटालीमा १८ देखि ४३ वर्ष उमेर समूहका ७३१ जना स्वस्थ महिलामा अध्ययन गरेका थिए ।
अध्ययनमा महिलाहरुले ‘महिला यौन क्षमता सूचकांक’ भरे, जसमा यौन फंक्शन, सेक्स्युअल फ्रिक्वेन्सी, सम्भोग, ल्युब्रिकेशन र समग्र यौन सन्तुष्टिका बारेमा प्रश्न सोधिएको थियो ।शोधकर्ताहरुले पाए कि जुन महिलाले हरेक दिन एक वा दुई स्याउ खाने गरेका थिए, उनीहरुको ल्युब्रिकेशन र ओभर अल सेक्स्युअल फंक्शन बढी उत्तम थियो ।
स्याउमा फ्लोराजिन पनि हुने गर्दछ जुन एउटा आम फिस्टेस्ट्रोजेन हो । यो संरचनात्मक रुपबाट एस्ट्राडियोलजस्तै हुने गर्दछ । एस्ट्राडियोल महिला सेक्स हर्मोन हो जसले कामुकता बढाउन सहयोग गर्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस