तिहारमा मिठाईको व्यापार अन्य समयकोे तुलनामा तिहारमा बढी हुन्छ । दीपावालीमा पूजाका लागि मात्र नभई उपहारस्वरूप मिठाई वितरण गर्ने चलन छ ।
पूजामा चढाउन होस् या खान वा पाहुनालाई दिन मिठाई सजिलो र मिठो हुने हुदा यही परिकार प्रयोग गर्ने र किन्ने गर्दछन् । जसले गर्दा मिठाइ पसलहरुमा मिठाई बनाउने र प्याकिङ गर्नको लागि अहिले भ्याईन भ्याइ छ । बजारमा पाईने मिठाई लामो समयसम्म नविग्रियोस भनेर तथा आकर्षक बनाउन अखाद्य केमिकल समेत प्रयोग गरिएको हुन्छ । त्यस्तो पदार्थ मानव स्वास्थको लागी हानी पुर्याउने खालका हुन्छन् ।
पसलमा पाईने मिठाई घरघरमै समेत बनाउन सकिन्छ । आफैले घरमै बनाएको मिठाई ताजा, मिसावट नुहुने अखाद्य पदार्थ प्रयोग नगरिने भएकाले स्वास्थकर हुने उपभोक्ताहरु बताउछन् । परिवारको स्वास्थ्यको लागि पनि बाहिरको मिठाई खरिद गर्नुभन्दा आफैले बनाउनु राम्रो मानिन्छ |
स्वास्थमा संझौता नगर्नेहरु घरमै मिठाइका परिकार बनाउन मन पराउछन । तर कतिपय मानिसहरु समय अभावका कारण र सजिलोका लागी बजारकै मिठाईको भर पर्नूपर्ने बाध्यत छ ।
विषेशत तिहार लगायत मुख्य चाड पर्वलाई लक्षित गरि मिठाइका विभिन्न परिकारहरु बन्ने गर्दछ । यसरी बन्ने परिकारमा मानव स्वास्थ्यको लागि हानिकारक हुने तत्व मिसावट हुदै आएको छ । सरकारले अनुगमन गर्ने गरेपनि देखावटीको लागि मात्रै काम गरेजस्तो गरेको आरोप लाग्ने गरेको छ ।
उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीहरु भने आफुहरु गम्भिर भएपनि सरकारले चासो नदेखाएको बताउछन् । मिठाईको बढी प्रयोग गर्ने उपभोक्तानै यसमा हालिने अखाद्य रङबारे धेरै उपभोक्ता सचेत छैनन् । खुलेआम अखाद्य तथा लेबल नभएका सामग्री भित्रिएका छन् त्यसैले बजारको मिठाइ हानिकारक हुने बताइन्छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस