१-ब्रेन गेम
हामीमध्ये धेरैजना यौनलार्ई शारीरिक क्रिया मान्दछौं, तर यसमा शरीरभन्दा बढी भूमिका मस्तिष्कको हुन्छ । मस्तिष्कको केही भाग यौन गतिविधिमा महत्वपूर्ण भूमिका हुन्छ । यहाँ अन्तरंग पहलहरूका लागि चाहना जन्मन्छ । यदि कुनै कारणवश यी भाग प्रभावित हुन्छ भने यसबाट व्यक्तिको यौनचाहना प्रभावित हुन्छ । यदि केही समयदेखि तपाईं पनि अन्तरंग पहलहरूबाट टाढा रहनुभएको छ र तपाइंको मन पार्टनरसित ती क्षण बिताउने चाहना गर्दैन भने चिकित्सकको सल्लाह आवश्यक हुन्छ ।
२-उमेरसित सम्बन्ध
प्रायः गरी बढ्दो उमेरसँगै यौन इच्छा घट्छ भन्ने आमधारणा पाइछ तर त्यसो होइन । कैयन अध्ययनबाट यो प्रमाणित भएको छ कि बढ्दो उमेरसँगै महिलाहरू अझ राम्रो सेक्स पार्टनर सावित हुन्छन् । तिनको फर्टिलिटी कम हुन्छ तर ती विशेष पलको चाहनामा कमी आउँदैन । विशेषज्ञहरूका अनुसार मेनोपजपश्चात् महिलाहरूमा गर्भ रहने डर समाप्त हुन्छ, जसका कारण उनीहरू अन्तरंग पललार्ई अझ राम्रोसँग इञ्जोय गर्न सक्छन् ।
३-स्ट्रेट र सेक्स
तनावको प्रभाव महिला र पुरुष दुवैलार्ई फरक रूपमा पर्छ । तनावले महिलाको यौन जीवनमा नकारात्मक रूपमा प्रभाव पार्छ, जसका कारण उसको सम्बन्ध प्रभािवत हुन्छ । यसैले स्ट्रेसबाट टाढा रहनु आवश्यक छ । स्ट्रेस कम गर्न दिनभरिमा कमसे कम एउटा काम आफ्नो रोजाइअनुरूपको गर्नु जरुरी छ । २४ घण्टामा केही समय मात्र आफ्ना लागि निकाल्नुपर्छ र इच्छाएको कुरा गर्नुपर्छ । आफू रिल्याक्स भए मात्र पार्टनरसितको अन्तरंग सम्बन्ध आनन्दमय हुन्छ ।
४-औषधिको प्रभाव
कैयौं पटक औषधिका कारण कामेच्छामा कमी आउँछ । यदि तपाईं कुनै रोगका कारण औषधि सेवन गर्दै हुनुहुन्छ र केही समयबाट अन्तरंग सम्बधको आनन्द महसुस नभएको जस्तो लाग्छ भने वा अन्तरंग सम्बन्धबाट चाहना हटेको महसुस हुन्छ भने यसबारे शीघ्र चिकित्सकसित सल्लाह लिनु जरुरी छ । यो औषधिकै प्रभाव भएकाले उक्त औषधि परिवर्तन गर्नु राम्रो हुन्छ । केही वर्ष कन्ट्रेलपिल्स, ब्लड प्रेसरको औषधिले पनि यौनप्रतिको रुचिमा नकारात्मक प्रभाव पार्छ । अतः चिकित्सकको सल्लाह जरुरी हुन्छ ।
५-डायटमा फोकस
केही यस्ता खानेकुरा हुन्छन् जसले तपार्इंको मुड राम्रो गरी कामेच्छा बढाउँछ । जस्तै ः स्ट्रवेरी, ब्लुबेरी, वाटरमेलन, एवोकाडो, चना, मह आदि । अतः आफ्नो बोरिङ यौन जीवनमा रोमाञ्चकता भर्न डायटमा यी खानेकुरा समाबेस गर्नु आवश्यक छ । सेक्स ड्राइभमा कमीलार्ई अधिकांश महिला गम्भीरतापूर्वक लिँदैनन् । यो समयसँगै आफैं सामान्य हुने कुरा होइन । अतः यसले वैवाहिक जीवनमा प्रभाव पार्छ । त्यसैले यस विषयमा सतर्क रहनु र समयमै उपचार गराउनु राम्रो हुन्छ ।
६-योग फोर सेक्स
योगले व्यक्तिलार्ई फिट एन्ड फाइन मात्र राख्दैन । केही पोजिसनले कामेच्छालार्ई पनि बढाउँछ । विज्ञहरूको सल्लाहअनुरूप केही विशेष योगाभ्यास गर्नु राम्रो हुन्छ, तर यसको निरन्तरता र नियमितताले मात्र प्रभावकारी परिणाम दिने कुरा बिर्सनु हुँदैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस