स्तन शिशुका लागि दूध बनाउनमात्र होइन, यौनका दृष्टिकोणले पनि महत्त्वपूर्ण अङ्ग हो । किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले युवतीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ ।
स्तनको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ । स्तनसँग आत्मसम्मानको कुरा पनि जोडिएको हुन्छ । यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने कुरा अनुसन्धानहरूले देखाएका छन् ।व्यक्तिअनुरूप स्तनको स्वरूप एवं आकारमा धेरै विविधता पाइन्छ । स्तनमा भएका तन्तुका आधारमा यो कुनै ठूलो वा सानो हुन्छ ।
स्तनका तन्तुको मात्रा, पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाइ वा तन्कन सक्ने गुण, रागरस हार्मोनहरूको प्रभाव । स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ ।
किशोरावस्थामा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र त्यति बेला यसका तन्तुहरू पनि निकै खाँदिएका हुनाले वयस्क उमेरका महिलाभन्दा कडा हुन्छ ।
उमेर बढ्दै गएपछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ । स्तनको आकारमा वंशाणुगत प्रभाव एकातिर हुन्छ भने अर्का्तिर पोषणको । यी दुवैको संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्वपूर्ण छ । स्तनको आकार प्रकारसँग धेरै मिल्नु वंशाणुगत कारण हुनसक्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस