यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकमा बसोबास गर्ने शेर्पाहरुसंग हुने गर्दछ |
बनस्पतिविज्ञहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमध्ये कोर्डिसेप्स सिाइनेन्सिस प्रजातिको यार्सागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ । यी तीनैवटा यार्सागुम्बाको नाम बानस्पातिक नाम हो । संसारमा पाइने यार्सागुम्बाहरूमा पनि कोर्डिसेप्स सिाइनेन्सिस मात्र औषधिको रुपमा प्रयोग गरिन्छ ।
हुनत यार्सागुम्बाको प्रयोग कामोत्तेजक औषधि तथा स्मरण शक्तिवर्द्धक औषधिको रुपमा प्रयोग गरेको कुरा विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ । तर यसलाई औषधिको रुपमा त्यतिमा मात्र प्रयोग गरिने कुरा नेपालको आयुर्वेदिकले मान्न तयार छैन । उसका अनुसार यस बाहेक अन्य औषधिमा पनि यार्सागुम्बाको प्रयोग गरिन्छ । यार्सागुम्बा पाइने ठाउँका मानिसहरूका अनुसार यार्सागुम्बा रक्तश्राप रोक्न, काटेको घाउ चाँडै निको पार्न, रगतमासी निको पार्न तथा शरीर दुखेमा पनि यसलाई पिसेर धुलो बनाई खाने गरिन्छ ।
कतिपय मानिसहरूले भने हिमालमा पाइने पाँचऔंले, मौरीको मह र दूधसँग यार्सागुम्बा मिसाएर खाने गर्दछन् । यसरी खाँदा तागत बढ्ने विश्वास गरिन्छ ।
यसका साथै यसको धूलोलाई उमालेको दूधसँग खाएमा भिटामिनको कमीलाई पूरा गर्दछ भन्ने विश्वास गर्दछन् । कतिपयको भनाइमा भने तीन वटा यार्सागुम्बालाई उमालेको दूध वा महसँग खाएमा यौन उत्तेजकको काम गर्ने गर्छ भन्न विश्वास छ ।
बैज्ञानिक तथा वनस्पति विज्ञहरूको भनाइ अनुसार १३ वटा अन्य जडीबुटीसँग यार्सागुम्बालाई मिसाएर लगातार ३ बर्ष खाइरहे मोटोघाटो, फुर्तिलो र सुन्दर हुने गर्दछ । त्यसैले यार्सागुम्बाबाट बनाइएका टनिकहरू चीनमा खुल्ला रुपमा बिक्री गरिन्छ ।
हिमाली भेगबाट औषधि ल्याएर बिक्री गर्ने लामाहरू भने यसको उपयोग कामोत्तेजकका लागि तथा स्मरण शक्ति बढाउनका लागि उपयोग गरिने बताउछन् । उनीहरूका अनुसार ३ तोला यार्सागुम्बा, २ केजी सेतो चामल, ५ तोला पाँचऔंले र एक लिटर दूधलाई हिमालको चोखो पानीमा पकाएर तीन दिन दिनको ३/३ चम्चा बिहान बेलुका खाएमा यौन शक्ति बढ्ने बताउछन् ।
त्यसरी नै आधा लिटर रातो गाईको दूध, लिगातुर झार अलिकति, ५ तोला यार्सागुम्बा, ५ तोला यार्सागुम्बा, आधा लिटर कालो गाईको दूध १ तोला काँडे धुप्पी चौथाइ तोला भालुको पित्त, अलिकति पाहाको मासु र अलिकति हिमाली भेकमा पाइने सर्पको मासु जम्मा गरेर दूधबाहेक अरुलाई पिसेर दूधमा पकाएर साना साना मटरका दाना जत्रै गोली बनाएर एक महिनासम्म बिहान बाहिर हावामा ननिस्की ३ चक्की र बेलुका आगोलाई नछोइकन ३ चक्की खाएमा स्मरण शक्ति बढ्ने कुरा बताउछन् साथै उल्लेखित मात्रा भन्दा बढी खाएमा मान्छे पागल हुने कुरा उनीहरू बताउँछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस