महिलाहरुलाई घुरेर हेर्ने बानी पुरुषका लागि कुनै नौलो होइन । चोक–चोकमा बसेका युवादेखि वयस्क–बुढाहरु समेत आउनेजाने केटीहरुलाई आँखाबाट ओझेल नभएसम्म घुरेर हेर्ने गर्छन् ।
यसरी घुरेर हेर्दा आखिर के हेर्छन् त पुरुषहरु ? यसबारे अमेरिकी वैज्ञानिकहरुले निकै रोचक खुलासा गरेका छन् । अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का–लिन्कनको शोधकर्ताहरुको अनुसार पुरुषहरु महिलाको अुनुहार र आँखामा सबैभन्दा कम हेर्ने गर्छन् ।
उनीहरु महिलाको वक्षस्थल र कमरको आसपास बढी हेर्ने गर्छन् । अझ पातलो कमर भएका महिलाहरुलाई पुरुष बढी हेर्ने कुरा पनि उक्त अध्ययनमा बताइएको छ । तपाईं यो सुनेर आश्चर्य लाग्न सक्छ, पुरुष जस्तै महिलाहरु पनि अन्य महिलाहरुलाई हेर्दा उनीहरुको अनुहारलाई नभएर शरीरका अन्य भागहरुलाई नै हेर्ने गर्छन् ।
यस अध्ययनमा शोधकर्ताहरुले ३६ पुरुष र २९ महिलाहरुलाई सामेल गरेका थिए । यसरी अध्ययन गर्दा उनीहरुको शरीरमा आइ–ट्रेकिङ मेसिन जडान गरेका थिए ।
त्यसपछि उनीहरुलाई दुब्ली, सुडौल र औसत शरीर भएका महिलाहरुको १० वटा फोटो दिइएको थियो र उनीहरुले उक्त फोटोमा महिलाहरुको कुन अंगमा बढी हेर्छन् भनेर रेकर्ड गरिएको थियो । त्यसरी अध्ययन गर्दा उनीहरुले महिलाको वक्षस्थल र कमरको छेउको भागमा बढी हेर्ने देखाइएको थिए
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस