आज शुक्रबार ! शहरी परिवेशमा गुड फ्राइडेको छुट्टै महत्व छ । शनिबार विदा हुने भएकाले खानपिन गर्ने र मज्जाले सुत्न पाइने हुनाले पनि नेपालमा शुक्रबारको अझ ठूलो अर्थ छ ।
काठमाडौंका मेडिकल हल र कण्डम हाउसहरुमा अरु दिनको तुलनामा शुक्रबार कण्डमको बिक्री झण्डै दोब्बर हुने गरेकोले पनि शुक्रबार अधिकांश दम्पती र युवायुवतीले यौन सम्पर्क गर्ने गरेको तथ्यले देखाउछ ।
शुक्रबार हप्ताको अन्तिम दिन र भोली पल्ट बिदा हुने भएकाले दम्पती र युवायुवती शुक्रबार यौन सम्पर्क गर्ने भएकाले कण्डमको बिक्री दोब्बर हुने गरेको मेडिकल हल र कण्डम हाउस सञ्चालक बताउछन् ।
राजधानीका अधिकांश होटेल, लज, गेष्टहाउस, भिलेज रिसोट पनि अरु दिनको तुलनामा शुक्रबार भरिभराउन हुने कारण मध्ये यौन सम्पर्क पनि प्रमुख कारण भएको होटेल, सिसोर्ट र लज सञ्चालकको अनुमान छ । कण्डमका साथै होटेल र रेष्टुराहरुमा मदिराको बिक्री पनि शुक्रबार बढी हुने गरेको पाइन्छ ।
काठमाडौंमा दैनिक ५० हजार हाराहारी खपत हुने अनुमान स्वास्थ्य मन्त्रालय, राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको छ । तर शुक्रबार भने झण्डै एक लाखसम्म कण्डम बिक्री हुने गरेको मेडिकल सञ्चालकको दावी छ ।
गर्भधारणा हुनबाट बचाउने भएकाले अधिकांश महिला पुरुष यौन सम्पर्क गर्दा कण्डमको साहारा लिने गर्छन । यसका अलावा एड्सबाट बच्न र यौन रोगको संक्रमणको डरले पनि कण्डम प्रयोग गर्नेको संख्या बढी छ । नेपाली बजारमा दर्जनौ आकार प्रकारका कण्डम पाइन्छन ।
अमेरिकामा उत्पादन हुने कन्डमहरू पनि बजारमा छन । कतिपय कन्डमहरू भारतबाट आयातित हुन्छन् । कुन कम्पनीको कन्डम गुणस्तरीय र भरपर्दो छ भन्ने कुरा उपभोक्तालाई जानकारी दिने किसिमको कुनै संयन्त्र नहुँदा उपभोक्ता स्वयंले यसमा सचेत हुनुपर्ने अवस्था छ ।
साइजको कुरा गर्दा कन्डमहरू औसत लिंगको साइजका आधारमा (४ इन्चदेखि ७ इन्चसम्म) निर्माण गरिएका हुन्छन् । विशेष साइज या साँघुरो या खुकुलो कन्डम पनि बजारमा पाउन सकिन्छ । नेपाली बजारमा भने औसत सबैलाई मिल्ने किसिमको कन्डम उपलब्ध छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस