चिसो फाल्न खसीको खुट्टाको सुप निकै उपयोगी हुन्छ । खसीको खुट्टाको सुप चिसोमा निकै रुचाइने रेसिपी हो ।
अधिकांशले यो परिकार मन पनि पराउँछन् । घर–घरमा पाक्ने खसीको खुट्टाको सुप आ–आफ्नै तरिकाले पकाएर खाने गरिन्छ । तर, मिठो र स्वादिलो बनाएर खाने हो भने यसको पनि पकाउने बेग्लै तरिका छ । तरिका सजिलो पनि छ । सेफ शम्भु कार्कीले पकाउने तरिकाबारे जानकारी दिएका छन् |
सामग्री / प्रतिव्यक्ति
१- पिस पारेको एउटा खसीको खुट्टा
२ – थिचेको अदुवा २० ग्राम
३ – थिचेको लसुन ३० ग्राम
४- थिचेको हरियो खुर्सानी दुई पिस
५ – छाटा मुगी १०० ग्राम
६ – नुन स्वादअनुसार
७- एक चिम्टी ज्वानो
८ – ठूलो एक चम्चा बटर
९ – पानी एक बाउल
बनाउने विधि
१ –आगोमा कुकर बसाल्नुहोस् र बटर राख्नुहोस् ।
२ – बटर हल्का तातेपछि ज्वानो पड्काउनुहोस् ।
३ – खसीको खुट्टा राख्नुहोस् । भुट्न नछोड्नुहोस् ।
४ – थिचेर तयार पारेको लसुन, अदुवा र खुर्सानी पनि हाल्नुहोस् र भुट्नुहोस् ।
५ –तत्कालै मुगीको दाल पनि राखेर सँगै भुट्नुहोस् ।
६ – दुई–तीन मिनेट भुटेपछि एक बाउल पानी राख्नुहोस् ।
७ – स्वादअनुसार नुन राखिदिनुहोस् । यसमा अन्य मसला जादैन ।
८ – अब कुकरको बिर्को बन्द गरेर तीन–चार सिट्ठी लगाइदिनुहोस् ।
९ – आगो बन्द गरेपछि एकछिनसम्म रहन दिनुहोस् ।
१० –अब कुकरबाट निकालेर खसीको खुट्टाको सुप खानका लागि तयार भयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस