चुम्बनले सम्बन्ध प्रगाढ बनाउन मद्दत गर्छ । चुम्बन गर्ने र गरिने व्यक्तिबीचको सम्बन्ध र चुम्बन गरिने अङ्ग, त्यस समाजमा प्रचलित संस्कार एवं चुम्बन गरिने परिप्रेक्ष्यको आधारमा वात्सल्य, श्रद्धा, आदर, सद्भाव, प्रेम, काम वासना प्रकट गर्न चुम्बनकै सहयोग लिइन्छ ।
चुम्बनका क्रममा वा चुम्बनका लागि सर्वप्रिय अङ्ग ओंठ नै हो तर पनि चुम्बन गाला, निधार, हात, कपाल, स्तनलगायतका यौन संवेदनशील अङ्गमा पनि गरिन्छ । चुम्बनको सुरुवात एकथरिले स्वतःस्फूर्त विकसित कार्य मान्ने गरेको पाइन्छ |
सद्भाव व्यक्त गर्ने भौतिक प्रस्तुतिका क्रममा दुई व्यक्तिबीच स्पर्श, गन्ध, स्वादको सहभागिता हुन्छ । स्पर्शजन्य यौनको सर्वाधिक प्रचलित माध्यम हो– चुम्बन ।
यस क्रममा एकजनाको ओंठले अर्को व्यक्तिको ओंठ वा अन्य भागमा हल्का स्पर्श वा अलि डाबेर गरिन्छ । यौन अपिल गर्न प्राचीन कामशास्त्रमा चुम्बनलाई १५ किसिममा वर्गीकरण गरेको पाइन्छ ।
आधुनिक समयमा फ्रेन्च किस, बटरफ्लाई किस, आइस किस, फ्रुटी किस, एअर किस, फ्लाईङ किसको आफ्नै महत्व छ । त्यसो त फ्रेन्च किसमा ओंठ चुस्छन् अनि जिब्रो मुखभित्र घुसारी मज्जाले चलाउँछन् ।
चुम्बनका माध्यमबाट यौन कार्य अगाडि बढाउन सकिन्छ तर सधैँभरि यसको जरुरत नपर्न सक्छ । अर्थात् समयाभाव तथा वातावरण प्रतिकूल हुँदा केवल ओंठ चुम्बनकै माध्यमबाट यौन सम्पर्क कार्य टार्न सकिन्छ । त्यसैले पनि सप्ताहान्त, बिदाका दिन अनि भ्यालेन्टाइनको अवसरमा लभिङ स्पटमा जोडी जोडी बनाई प्रेमालापसँगै अधरपानका दृश्यहरू सामान्य बन्न थालेको छ ।
यौन आसयविना पनि चुम्बनद्वारा अनुभूति व्यक्त गर्न सकिन्छ तर पनि हात वा जीउ सुम्सुम्याएर लिइने यौनस्पर्शपछिको दोस्रो मुख्य भौतिक सानिध्यको उपाय चुम्बन हो । कतिपय समाजमा मुखमुखबीचको चुम्बन यौन पाकक्रीडाका लागि सञ्चय गरिराखेको हुन्छ । प्रेम तथा कामवासनाका अभिप्रायले गरिने चुम्बन जबर्जस्ती हुनु हुँदैन । र, चुम्बन बलजफ्ती गर्ने कार्य पनि होइन । त्यस्तै परे यौन दुव्र्यवहारको आरोपमा सजायको भागिदार बन्नुपर्ने हुनसक्छ । त्यसो भएर आफ्नो पार्टनरको स्विकृतिमा मात्र चुम्बन गर्नु बुद्धिमानी हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस