सिञ्जा-जुम्लाका दुर्गम क्षेत्रका वडाहरुमा जलवायु अनुकूलनसम्बन्धी शिक्षा शुरु गरिएको छ। नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको सहयोगमा पेस नेपालले सञ्चालन गरेको परियोजना क्याप्स कर्णाली परियोजनाले गाउँगाउँमा गएर स्थानीयहरुलाई भेला गराई जलवायु अनुकूलन शिक्षा दिन थालेको हो। जुम्ला, कालिकोट र मुगुका ४६ वडामा खाद्य सुरक्षासहित जलवायु अनुकूलनको कार्यक्रम शुरु गरिएको हो । जुम्लाका १०, कालिकोटका १६ र मुगुका २० वडामा कार्यक्रम लागु गरिएको आयोजक पेस नेपालले जनाएको छ। स्थानीय गाउँपालिका र वडापालिकाको साझेदारीमा कार्यक्रम लागू गरिएका गाउँहरुमा सामाजिक परिचालक, ओभरसियर र स्थानीय जनप्रतिनिधिहरुले स्थानीयवासीहरुलाई जलवाय अनुकूलता कसरी गर्नेदेखि खाद्य सुरक्षामा कसरी ध्यान दिने विषयसम्म जोड दिँदै आएका छन्।
पेस नेपालका कार्यकारी अध्यक्ष किश्वर न्यौपानेले समसामयिक विषयको जलवायुसम्बन्धी शिक्षा कार्यक्रम लागू गरिएका क्षेत्रमा उपलब्ध गराउनुका साथै सोही गाउँमा ठोस योजना सम्झौता गरिएको जानकारी दिए। जुम्लामा मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु पाँच करोडको भौतिक पूर्वाधार, खाद्य सुरक्षा तथा अनुकूलन शिक्षासम्बन्धी कार्यक्रमको योजना रहेको छ। भिरालो जग्गा र एकपछि अर्को गर्दै टाँसिएका घर भएका बस्तीले घोडेसिम गाउँमा आगन्तुकलाई लोभ्याउँछ। तर भिरालो जमीनमा गाउँ र खेतीयोग्य जमीन भएकाले सिँचाईको अभावमा विकासको पर्खाइमा रहेको सो गाउँ अब सिञ्चित हुने भएको छ। जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले रु ४१ लाख १९ हजार ८१७ को लागतमा बन्ने ८९९ मिटर लम्बाइको सिँचाई कुलो निर्माण योजनाको सम्झौता गाउँको भेला गरी हस्तान्तरण गरेका छन्।
सो गाउँमा जलवायु परिवर्तनको अभिमुखीकरणमा पुग्नुभएका जिल्ला समन्वय समितिका प्रमुख बुढाले जलवायु परिवर्तन अनुकूलता शिक्षा महत्वपूर्ण भएको भन्दै योजनाको सम्झौता बोकेर जनताको माझमा हस्तान्तरण गर्ने पहिलो परियोजना भएकाले कामको गुणस्तरमा जोड दिन अनुरोध गरे।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस