सोल- हुन्डाई अध्ययन प्रतिष्ठानले हालै सार्वजनिक गरेको एउटा तथ्यांकका अनुसार कोरियाली नागरिकहरु कफी प्रति अत्याधिक सौखिन रहेको देखाएको छ ।
औषतमा एक जना बयस्क कोरियालीले एक बर्षमा ३ सय ५३ कप कफि पिउने गरेको पाइएको छ जव कि विश्वमा हेर्ने हो भने एक जना बयस्क मानिसले औसतमा १ सय ३२ कप कफि पिउछन् ।
यहि तथ्यांकलाई हेर्ने हो भने कोरियालीहरु विश्वका मानिसहरु भन्दा ३ गुणा धेरै कफि पिउछन् र हरेक कोरियालीहरुले कम्तिमा दिनमा एक कप कफि पिउछन् ।
अध्ययनका अनुसार कोरियामा बार्षिक करिव ७० खर्व कोरियन वन बराबरको कफि खपत हुने गरेको छ । कतिपय जानकारहरु कफिको अत्याधिक सेवनले शरिरमा नकारात्मक असर पार्ने गरेको पनि बताउछन् ।
शरिरका निम्ति कति कफि सहि हो भन्ने बारे कसैले केही बताउन नसके पनि अधिक प्रयोग भने ठीक नभएको स्वयं स्वास्थ्य बिद तथा सर्वसाधारण पनि बताउछन् । अधिक कफि सेवनले निद्रा हटाउनुका साथै अनिद्रा सम्बन्धि रोग समेत निम्त्याउने उनीहरु बताउछन् ।
अध्ययनका अनुसार एक कप कफिले मानिसलाई करिव ९ घण्टा सम्म स्फूर्ति प्रदान गर्दछ । यसरी हेर्ने हो भने विहान खाएको कफिले दिनभर काम गर्दछ । तर २ बजे दिउसो पछि सेवन गरिएको कफिले रातको निद्रामा असर गर्ने निश्चित छ । त्यसैले कफिको प्रयोग औसत रुपमा मात्र गर्नु सबै भन्दा बुद्धीमानि हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस