सिन्धुली-बीस वर्षभन्दा कम उमेरमा विवाह गर्नु कानूनतः गैरकानूनी मानिन्छ । यस्तो विवाह गराउनेलाई कारवाही हुने व्यवस्था गरिएको छ । तैपनि परम्परागत अभ्यासलाई नै निरन्तरता दिने बहानामा बालविवाह भइरहेका छन् तर यहाँको दनुवार समुदायको बाहुल्यता रहेको दुधौली नगरपालिकाका किशोरी हानिकार परम्परागत अभ्यासविरुद्ध जुट्दै आएका छन् ।
दुधौली नगरपालिका–३ निपानेमा रहेका किशोरी अहिले समूहमा आबद्ध भएका छन् । उनीहरुले किशोरी अवस्थामा हुने परिवर्तन, सामाजिक मूल्य मान्यता, किशोरीलाई आइपर्ने समस्या र सामाधानका लागि चाल्नुपर्ने कदम, किशोरीमा हुने हिंसाजस्ता विषयमा खुलेर छलफल गर्न थालेका छन् ।
यस्तो छलफलपछि किशोरीमा हुने हिंसाको विषयमा अभिभावकसमेत उक्त समूहमा आई पीडकलाई कारवाही गराउन सफल भएका छन् । निपानेमा रहेको समाज सुधार किशोरी समूहले मासिकरुपमा आफूहरुका समस्याबारे खुलेर छलफल गर्दै आएका छन् ।
मासिकरुपमा हुने छलफलमा किशोरीको महिनावारी र विवाहवारीलगायत किशोरीमा हुने हिंसा र समाज परिवर्तनमा किशोरीको भूमिकालगायतका विषयमा छलफल हुने गरेको समूहकी अध्यक्ष सुशीला अधिकारी दनुवारले बताए । उनले भने , ‘विगतमा किशोरी हिंसामा परे भने अभिभावकको इज्जत जोगाउन हिंसा सहेर बस्नुपर्ने बाध्यता रहेको थियो ।’ हिंसा सहेर बस्नु भनेको हिंसा गर्नु सरह भएको भन्दै उनले आफूहरु अहिले किशोरीमा आइपर्ने समस्या समाधान गर्न समूहमार्फत छलफल र पीडकलाई कारवाही गराउन सरोकारवाला निकायलाई दबाब दिँदै आएको बताए ।
कम उमेर भएकी छोरीको विवाह गर्दा धर्म हुने भन्दै बालविवाह बढ्दो अवस्थामा रहेको र बालविवाहबाट बालिकामा पर्ने शारीरिक तथा मानसिक समस्याका बारेमा समेत आफूहरुले अभिभावकलाई जानकारी गराउने गरेको अध्यक्ष सुशीलाको भनाइ छ ।
‘मासिकरुपमा गाउँभरि छलफल गर्दा पनि केही अभिभावकले बालविवाह गर्न आफ्ना बाल्यवस्थाका छोरीहरुलाई दबाब दिने गरेको र केही समय अघिसम्म हुने गरेको बालविवाहसमेत आफूहरुले रोक्न सफल भएका छौँ’, उनले भनिन ।
ओरेक नेपाल संस्थाले किशोरीहरुलाई तालीम दिएपछि आफ्ना अधिकार र हिंसाका बारेमा खुलेर बोल्न सक्ने भएको उनले बताए । समूहकी अध्यक्ष सुशीला भन्छिन , ‘हिजो घर बाहिर हिँडडुल गर्दा केटाहरुले जिस्क्याउने, अस्लिल शब्द बोल्ने गरे पनि आफूहरु चुपचाप बस्ने गर्दा उनीहरुको मनोबल बढ्दै जाने र पछि बलात्कार तथा बालिकाको हत्याजस्ता घटना हुने भन्दै अब गाउँ समाजमा कुनै पनि केटाहरुले किशोरी तथा बालिकालाई जिस्क्याउने, अस्लिल शब्द बोल्ने गरेमा तत्काल कारवाही गर्न हामी स्थानीय सरकार तथा प्रहरीसमक्ष जाने गरेका छौँ ।’
हिजो किशोरी तथा बालिकाहरु हिंसामा परे पनि सहेर बस्नुपर्छ भन्दै उल्टै उनीहरुलाई गाली गर्ने अभिभावकसमेत अहिले आफ्ना छोरीहरुको समस्या लिएर समूहमा आउने गरेको समूहका सदस्य मनिता अधिकारी दनुवारले बताइन । ‘हिजो जे समस्या भए पनि छोरीको कर्म हो धेरै समस्या झेल्नु पर्दछ, सहेर बस्नुपर्दछ भन्ने आमाबुबा अहिले छोरीहरुलाई केही भयो कि अहिले समूहमा छलफल गर्न आउँछन्’, उनले भनिन ।
वडाका किशोरीले अब आफ्नो वडामा विद्यालय जाने रहर हुँदाहुँदै पनि जान नसकेका र लामो समयदेखि अध्ययन गर्न नपाएका युवाको तथ्याङ्क सङ्कलन गर्ने र नगरपालिकासँग उनीहरुलाई सीपमूलक तालीम दिई आयआर्जन तथा आधुनिक कृषिखेतीतर्फ लाग्न आग्रह गर्ने पुनम अधिकारीले बताइन ।
किशोरीहरुको प्रयासपछि महिनावारीका समयमा व्यक्तिगत सरसफाइका बारेमा सिकाउने, महिनावारी हुँदा सफा कपडा प्रयोग गर्ने र उक्त कपडा धोएपछि घाममा सुकाउनेजस्ता व्यवहारमा परिवर्तन आएको स्थानीय मैनादेवी राईले बताइन । ‘हिजो महिनावारी हुँदा स्कूल नजाने छात्राहरु अहिले नियमित विद्यालयसमेत जाने गरेका छन्’, उनले भनिन ।
दुधौली नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख रमा तामाङले त्यस क्षेत्रमा रहेका बालबालिकामा नेतृत्व विकासमा सक्षम रहेको बताइन । आफ्ना समस्याबारे खुलेर छलफल गर्दै समाधान गर्नतर्फ अग्रसर हुनु नै महत्वपूर्ण कुरा रहेको उनको भनाइ छ । नगरपालिकाका उपप्रमुख बालकुमारी अधिकारी दनुवारले पालिकाभित्रका बालबालिका तथा किशोरीको मागका आधारमा कार्यक्रम सञ्चालन गर्ने बताइन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस