भद्रपुर-नेपाल सरकारले झापाको निर्वाचन क्षेत्र नं ३ र ५ मा फुसको छानो हटाई जस्तापाताको छाना लगाउने कार्यक्रम शुरु गरेको छ। शहरी विकास मन्त्रालयले गरिब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत झापाका ती दुई निर्वाचन क्षेत्रका एक हजार ४०० परिवारको घरमा फुसको छानो हटाएर जस्तापाताको छानो लगाइदिने शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ झापाले जनाएको छ।
खर र परालले छाएको फुसको छानो आगलागी तथा अन्य विपत्तिका बेला असुरक्षित हुने भएकाले सरकारले सुरक्षित आवासका लागि यस्तो अभियान शुरु गरेकोे कार्यालयका इञ्जिनीयर भूपेन्द्र यादवले बताए। गरिब तथा विपन्न समुदायले फुसको छानोमुनि बस्नुपर्ने बाध्यताको अब अन्त्य हुने उनको भनाइ छ।
निर्वाचन क्षेत्र नम्बर ५ मा हालसम्ममा ३५० घरमा जस्ताको पाता हाल्ने कार्य सम्पन्न भइसकेको छ भने क्षेत्र नम्बर ३ मा लक्षित परिवारको लगत सङ्कलन कार्य भइरहेको यादवको भनाइ छ। उनीहरुलाई दुई किस्तामा अनुदान रकम नगदै प्रदान गरिँदै आएको छ। पहिलो किस्ता जस्तापाता खरिदका लागि रु ३० हजार र दोस्रो किस्ता काम सम्पन्न भइसकेपछि रु २० हजार सम्बन्धित व्यक्तिको बैंक खातामा कार्यालयले जम्मा गरिदिने गरेको नुनको भनाइ छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस