सुर्खेत-थारू जातिको मुख्य चाड माघी र दशैँ हो। माघी उनीहरुको नयाँ वर्ष पनि हो। विशेष महत्व दिएर मनाइने माघी र उक्त दिनमा पर्ने नव वर्षले नयाँ काम शुरुआत र नयाँ नेतृत्वको निक्र्यौल गर्दछ। पुस २९ गते थारू जातिहरु रातभरि जाग्राम बस्छन्। त्यो दिन ठूलादेखि केटाकेटी सबैले आलु चोर्छन्। चोरेको आलु पोलेर खाने चलन छ। उक्त दिन आलु चोर्दा कसैले गाली गर्न पाउँदैन। आलु चोर्नु र पोलेर खान पाउनुलाई विशेष मज्जा ठान्ने चलन छ। जाग्रामको रात उनीहरु सबैले नाचगान गर्दछन्।
वीरेन्द्रनगर नगरपालिका-९ पातालगङ्गा सुर्खेतका थारू मुखिया ६७ वर्षीय धनीराम थारू भन्छन, “हामी पुस २९ को रातभरि जाग्राम बस्छौँ। रातभरि जाग्राम रही एकाबिहानै नुहाएर नयाँ वर्ष माघ १ गतेलाई स्वागत गर्छौं। नयाँ पोसाक लगाउँछौँ। गणेश देवताको पूजा गर्छौं। दशैँमा भने आफ्नै कुलदेवताको पूजाआजा गरिन्छ ।” उनका अनुसार उक्त दिन थारूहरुले बँदेल काट्छन्। उनीहरुले गणेशलाई जगन्नाथ देवताका रुपमा पुज्छन्। देवतालाई मिन्नीडेना (जाँडको जल) छर्कछन्। पूजापश्चात् सबै जम्मा भएर मुख्यगरी ढिकुरी, बङ्गुरको मासु, रक्सी, अचार र तरुल खाने प्रचलन छ।
माघ २ गते भने थारूको जातिको बडघर (नेतृत्व) छान्ने दिन भएको थारू अगुवा धनीरामले बताउनुभयो । यसलाई थारु भाषामा महटाँवा (मुखिया) छान्ने दिन पनि भनिन्छ । थारू जातिमा प्रत्येक नयाँ वर्षसँगै नयाँ महटाँवा चुन्ने चलन छ । मुखिया (महटाँवा) समुदायको अध्यक्षका रुपमा पनि ठानिन्छ । उसले थारू समुदायलाई वर्षभरि हुने सामाजिक, सांस्कृतिक र आर्थिक नेतृत्व गर्दछ ।
जन्म, मृत्यु, विवाह, व्रतबन्धलगायत विभिन्न गतिविधिमा उसको निर्णय लिएर समुदाय चल्छ। सोही दिन हली बस्ने वा छाड्ने भन्ने कुराको निक्र्योल पनि गरिन्छ। विगतमा साहु महाजनहरु कहाँ कमाराकमारी, कम्लहरी बस्ने प्रचलन पनि थियो। पछिल्लो समयमा यो चलन यत्रतत्र देखिए पनि त्यो हट्दै गएको छ।
बर्सेनी माघ २ गते महटाँवा छान्ने प्रचलन भए पनि वीरेन्द्र नगरपालिका-९ सुर्खेत पातालगङ्गामा धनीराम थारू विगत २५ वर्षदेखि मुखियामा अनुमोदित हुँदै आएका छन्। थारूको सामाजिक, सांस्कृतिक तथा अन्य व्यावहारिक पक्ष कुशल नेतृत्व दिएका कारण वर्षपिच्छे सबैले उनलाई नै महटाँवा दिने गरेको स्थानीय ४८ वर्षीय रामप्यारी चौधरीले बताइन।
पातालगङ्गामा हाल थारू जातिको ८० घरधुरी सङ्ख्या रहेको जनाइएको छ। त्यसको नेतृत्व धनीरामले नै गर्दै आएका छन्। आफूलाई दाङ जिल्लाबाट आएको डगौरा थारूको परिचय सुर्खेतका थारूहरुले दिँदै आएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस