काठमाडौं-महिनावारी भएका महिलालाई राख्न बनाइएका छाउगोठ भत्काउन कर्णाली र सुदूरपश्चिममा सरकारले अभियान नै चलाएको छ।
प्रहरी र जनप्रतिनिधि भौतिक छाउगोठ भत्काउँदै हिँडेका छन्, तर स्थानीयको मनमा रहेको गोठ जस्ताको तस्तै छ। त्यसैले महिनावारी भएका महिलाले घरभित्र बास पाएका छैनन्।
कतिपय त भत्काइएकाछाउगोठ बनाउन थालेका खबर आजको नयाँ पत्रिका दैनिकमा अछामबाट शान्ति तामाङ, तेजराज भट्ट र धु्रब बिसीले लेखेका छन्।
आइतबार अछामको तुर्माखाँद गाउँपालिका ५ धाङ्टाकी कला विक भत्काइएको छाउगोठ मर्मत गर्दै थिइन्। शनिबार महिनावारी भएकी उनी ‘देउता रिसाउने डरले घरभित्र पसिनन्। भत्काइएको छाउगोठमा रात बिताइन्।
मर्मत गर्दै गरेको गोठ फेरि गाउँपालिकाको टोली आएर भत्काइदिन्छ कि भन्ने पिर उनको मनमा छ। ‘बाहिर बस्दा सरकारको डर छ, भित्र देवी देउताको’, कलावतीले भनिन्, ‘महिनावारी हुँदा सधैँ छाउगोठमा बस्थ्यौँ, अहिले कसरी भित्र छिर्नु।’
जनप्रतिनिधि र प्रहरी आउँदा छाउगोठ छाडेर भागाभाग गर्ने महिला राती भने भत्केकै गोठमा बस्छन्, भौतिक गोठ भत्किएका छन्, तर मानसिक गोठ भत्काउन चेतना अभियान आवश्यक छ। आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस