काठमाडौैं-नेपाली समाज अहिले पनि प्रेम र यौनका बारेमा खुलेर बोल्न चाँहादैन । पूर्वीय सभ्यताको अक्षरस्व पालना भनौ या त मानिसहरुको सङ्किर्ण सोचले नै किन नहोस्, मानिसहरु आज सम्म यी विषयहरुमा खुलेर कुरा गर्न चाहादैनन् / सक्दैनन् ।
२१ औँ शताब्दिमा आइसक्दा यी विषयहरुमा विश्वव्यापी रुपमा विभिन्न खोज र अनुसन्धानहरु भएका छन् । प्रेम र यौनसँग सम्बन्धित विषयहरुका फाइदाहरुका बारेमा विभिन्न अनुसन्धान भएका छन् । आज हामी चुम्बनका रोचक फाइदाहरुका बारेमा चर्चा गर्दै छौँ ।
१. तनाव कम गर्छ
चुम्बनले मानसिक तनाव कम गर्ने एक अध्ययनले देखाएको छ । चुम्बन गर्ने ब्यक्ति र नगर्ने ब्यक्ति बिच गरिएको अध्ययनमा चुम्बन गर्ने ब्यक्तिमा तनाव कम पाइयो ।
२. रोग प्रतिरोधी क्षमता बढाउँछ
विज्ञहरुका अनुसार चुम्बनले मानिसमा रोगप्रतिरोधी क्षमता बढाउँछ । पाकक्रिडामा प्रसस्त चुम्बन गरेर मात्र यौन सम्पर्क गर्ने मानिसहरुमा यौनजन्य रोगको संक्रमणको खतरा घट्ने विभिन्न अनुसन्धानले देखाएको छन् ।
३. खुसी बनाउँछ
चुम्बनका बेला मानिसमा इन्डोफिन तथा इन्डोफिर्न हर्मोन पैदा हुन्छन् । जसले मानिसको मूडलाई रिल्याक्स बनाउँछ । जसका कारण मानिसमा खुसी पैदा हुन्छ । तनाव भएको बेलामा आफ्नो पार्टनरलाई चुम्बन गर्नुहोस्, एकाएक मूड फ्रेस हुन्छ र जिउ हल्का तथा तनावरहित हुन्छ ।
४. मोटोपना घटाउँछ
चुम्बनका बेला शरीरमा प्रशस्तै क्यालोरी दहन हुन्छ । नियमित रुपमा व्यायाम गर्न नसक्ने तथा फुर्सद नहुने मानिसहरुले मोटोपनाबाट जोगिनका लागि नियमित चुम्बन गर्नु लाभदायी हुने अनुसन्धानले देखाएको छन् ।
५. तन्नेरी बनाउँछ
चुम्बनले अनुहारका मांशपेशीलाई कसिलो तथा मजबुत बनाउने र मानिसको अनुहारलाई तन्नेरी रुप दिन मद्दत गर्छ ।
६. ब्लड प्रेशर तथा कोलेस्ट्राृरेल
चुम्बनले ब्लड प्रेशर तथा कोलेस्ट्राृरेलको मात्रा कम गर्न मद्दत गर्छ । अध्ययनका अनुसार चुम्बन गर्नालेकोर्टिसोल नामक स्ट्रेस हार्मोन को उत्पादनमा कमी आउछ जसले कोलेस्ट्राृरेलको मात्रालाई कम गर्छ ।
७ . पुरुषको उमेर बढाउन मद्दत गर्छ
दिनमा एक पटक आफ्नो लाइफ पाटनरसंग चुम्बन गर्ने पुरुषको आयु पाँच बर्ष बढ्ने अध्ययनले देखाएको छ ।
८ यौन सन्तुष्टि बढाउँछ
चुम्बन यौन सम्पर्क तथा पाकक्रिडाको महत्वपूर्ण हिस्सा हो । मायावी चुम्बनले यौनक्रिडालाई बढि सन्तुष्टदायी बनाउँछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस