एजेन्सी – जति उच्च पदमा पुग्यो जीवन उति प्रेमिल र सुखद होस् भन्ने सबैको चाहना हुन्छ। महिलाका हकमा भने यो ठीक उल्टो छ। नारी समानतालाई निकै महत्व दिएका देशमा पनि उच्च पदमा पुगेका महिलाको जीवनमा पारपाचुके अत्यधिक पाइएको छ।
विशेषगरी महिला प्रमुख कार्यकारी अधिकृत ९सीईओ० को सम्बन्धविच्छेद अत्यधिक देखिएको अध्ययनले देखाएको छ। स्टकहोम युनिभर्सिटीले वभिन्न कम्पनीमा कार्यरत १ सयभन्दा बढी विपरीतलिंगी दम्पतीमा अध्ययन गरेको थियो। त्यसलाई अमेरिकन इकोनोमिक जर्नलमा प्रकाशन गरिएको छ।
अन्नपूर्ण पोष्ट दैनिकका अनुसार, प्राध्यापक जोन्ना रिक्नेका अनुसार सार्वजनिक सेवाका क्षेत्रमा तीन दशकसम्म भएका घटनालाई यसमा समेटिएको छ। मेयर, सांसद, चिकित्सक, प्रहरी अधिकारीमा पनि यो लागू भएको प्रतिवेदनको दाबी छ।
अत्यधिक दम्पतीले कामको तनावले परिवार छिन्नभिन्न भएको बताएका छन्। यो अध्ययनले महिला उच्च पदमा पुग्दा बिदामा सँगै बस्ने र घरको काम विभाजन गरेर गर्ने अपेक्षा पूरा नभएको देखाएको छ। यद्यपि सम्बन्ध विच्छेदको पहल कसले गर्छ भन्ने खुलाइएको छैन। तीमध्ये एक सीईओ ३९ वर्षीया कार्लोट युङले लगातारको यात्रा, पदअनुसारको लामो कार्य समय र उच्च प्रोफाइलमा बसिरहनु सम्बन्ध बिग्रनुमा जिम्मेवार हुने बताइन्।
लैंगिक समानताको सबैभन्दा अग्रस्थानमा रहेको स्वीडेनमा भने यो समस्या कम रहेको देखिएको छ। यसमा बिदामा उदार अभिभावक, दिवा हेरचाहको आलोपालो, कामको मेलमिलापपूर्ण व्यवस्थापन यसका कारण हुन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस