काठमाण्डौ-सञ्चारविहीन हुँदा जुम्लाका सयौँ विद्यार्थीलाई लोकसेवा आयोगको नायव सुब्बा र अनुसन्धान सूचक पदमा अनलाईन फर्म भर्न समस्या भएको छ।
एक हप्ता अगाडि कालीकोटको भत्तास्थित स्तम्भमा खराबी आएपछि जुम्ला सञ्चारविहीन बनेको थियो। आज दिउँसो १२ बजे सञ्चार आए पनि अनलाइनद्वारा गरिने काम राम्रोसँग हुन नसकेको जुम्लास्थित लोकसेवा आयोग तथा अन्य सरकारी कार्यालयको राजश्व दाखिलाको काम गर्दै आएका सञ्चालक रवीन्द्र नेपालीले बताए।
लोकसेवा आयोगले भर्खरै खुलाएको नायब सुब्बा र राष्ट्रिय अनुसन्धान आयोगको सूचक पदमा अनलाइन फर्म भर्न दिनहु ३०० देखि ७०० युवायुवती दिनभर लाइन बसे पनि नेटले राम्रोसँग काम नगर्दा फर्म कसरी भरिनेमा चित्ता रहेको नायब सुब्बा पदको फर्म भर्न आएका २४ वर्षीया सुजन शाहीले बताए। सञ्चार सेवा बन्द भएका कारण यहाँका स्थानीय सरकार, प्रहरी प्रशासनलगायत स्थानीय नागरिकको दैनिक तथा नियमित काम प्रभावित भएको छ।
नेपाल टेलिकम शाखा जुम्लाले मौसममा आएको खराबीका साथै हिमपातका कारण सोलारले काम नगर्दा सेवा अवरुद्ध भएको जनाएको छ। सेवा सञ्चालनका लागि बिहीबार देखिनै प्राविधिक टोली कालीकोटको भत्तामा पुगेर काम गरिरहेको सो शाखाले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस