रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ : महिलाको सुन्दरता उसको अनुहारमा लुकेको हुन्छ । अनुहारलाई सुन्दर देखाउनकै लागि महिलाहरु लामो समय मेकअपमा खर्चिने गर्छन् । तर, मेकअप गर्दा जति सावधानी अपनाउँछन्, हटाउँदा त्यति ध्यान दिएको पाइँदैन ।
जबकि, अनुहारमा चमक ल्याउन तथा सुन्दरता बढाउन मेकअप जति आवश्यक हुन्छ, त्यसलाई कायम राख्न सही तरिकाबाट हटाउन पनि त्यति नै जरुरी हुन्छ । किनकि, गलत तरिकाले मेकअप हटाउँदा त्यसले छालालाई मात्र असर गर्दैन, बरु कैयौं छालासम्बन्धि समस्या पनि निम्त्याउने गर्छ ।
प्राय जसो युवतीहरू आफूलाई सुन्दर देखाउनका लागि विभिन्न किसिमको महँगा मेकअप लगाउने गर्छन् । तर कुनै युवतीहरूको बानी यस्तो पनि हुन्छन् कि सुत्ने बेला पनि आफ्नो मेकअप सफा गर्दैन्। जुन कि स्वास्थ्यको लागि हानिकारक छ ।
मेकअप सफा गरेर सुत्ने गरौँ
कैयौं मानिस अफिसबाट घर फर्केलगत्तै मेकअप हटाउन अल्छी मान्छन् र त्यसै सुत्ने गर्छन् । जबकि, यस्तो बानीले अनुहारमा मात्र नभई छालामा समेत असर पर्न सक्छ । र, छाला खराब हुनसक्छ । सामान्यतया अनुहारमा मेकअप लगाएर सुत्दा छालाका क्षिद्र त्यसका कारण राति बन्द रहने गर्छ । त्यसबाट छालाका क्षिद्रहरुमा पर्याप्त मात्रामा अक्सिजन प्रवाह हुन सक्दैन । त्यसका कारण छालामा स-साना प्वाल पर्ने गर्छन् । त्यति मात्र होइन, अनुहारको मेकअपलाई बेस्सरी रगडेर हटाउँदा अनुहारका छाला कडा हुने तथा खस्रो हुने भएकाले पनि विशेष ध्यान दिनु आवश्यक छ ।
आई मेकअप
आँखा शरीरको सबैभन्दा संवेदनशील अंग हो । त्यसैले, आँखाको सुरक्षालाई कायम गर्न पनि हेरचाह जरुरी छ । त्यसैले आँखाको मेकअप हटाउँदा कहिल्यै टिस्यु वा ट्वाइलेट पेपर प्रयोग नगरौं । बरु, आई मेकअप रिमुभरको प्रयोग गरौं ।कटन बल (कपासको डल्लो)लाई आई मेकअप रिमुभरमा भिजाएर हल्का हातले आँखाको मेकअप उतार्ने प्रयास गरौं । यदि उक्त मेकअप वाटर प्रुफ छ वा आँखाको मस्करा वाटर प्रुफ छ भने त्यसलाई हटाउन ओलिभ तथा बेबी आयलको प्रयोग गर्न सकिन्छ । यसले बिनाकुनै नोक्सानी आँखाको मेकअपलाई सुरक्षित तरिकाले हटाउन मद्दत गर्छ ।
अनुहारको मेकअप
अनुहारको मेकअप उतार्न उत्तिकै जरुरी छ । त्यसका लागि जहिले पनि अल्कोहल पछि क्लिंजर तथा नन सोपी मेकअप रिमुभरको प्रयोग गर्नुपर्छ । कटन बललाई क्लिन्जर वा मेकअप रिमुभरमा भिजाएर विस्तारै पुछी अनुहारमा लगाएको फाउन्डेसनका साथै अनुहारको मेकअप हटाउन सकिन्छ । त्यसबाट अनुहार राम्ररी सफा हुन्छ । साथै, अल्कोहलरहित क्लिन्जर र मेकअप रिमुभरले अनुहारलाई हानी पुर्याउँदैन । र, अनुहारको प्राकृतिक चमक कायम राख्न मद्दत गर्छ ।
ओठको मेकअप
ओठको मेकअप हटाउने सबैभन्दा सरल उपाय भनेको पेट्रोलियम जेलीको प्रयोग हो । पेट्रोलियम जेलीलाई ओठमा लगाएर त्यसलाई टिस्यु पेपर वा नरम कपडाले विस्तारै सफा गरेमा पनि अनुहारमा हानी हुँदैन ।यस्तै, कोल्ड क्रिमको प्रयोगद्वारा पनि ओठको लिपस्टिक राम्ररी हटाउन सकिन्छ । यसका लागि ओठमा कोल्ड क्रिमको प्रयोग गरेर करिब दुई मिनट राख्ने र नरम कपडाको सहायताले त्यसलाई राम्ररी सफा गर्ने । यसरी ओठको मेकअप हटाइसकेपछि त्यसमा मोइस्चराइजर क्रिम लगाउन जरुरी छ ताकि ओठ सुख्खा नहोस् ।
लिपिस्टिक र मास्कारा
मास्कारा नहटाई सुत्दा यो आँखा भित्र छिर्न सक्छ जसले आँखा चिलाउने हुन्छ। त्यस्तै लिपिस्टिक लगाएर सुत्दा यसले ओठको प्राकृतिक ओस सोस्छ, जसले गर्दा ओठ फुट्ने जस्ता समस्या पनि उत्पन्न हुन्छ ।
जलन गराउँछ
झुक्किएर पनि सुत्ने बखत मेकअप लगाएर नसुत्नुहोस् । किनकी सुत्ने बेला मेकअप सफा नगरी सुत्नाले यो छालाको स-साना छिद्र भित्र छिर्छ, जसले छालामा जलन बढाउनका साथै डण्डिफोर तथा काला धब्बाहरू पनि आउने गर्छ ।
छालाले अक्सिजन पाउँदैन
मेकअप सफा नगरी सुत्नाका कारण छालाले चिल्लो र धुलो जम्मा पार्नका साथै छालाले बाहिरबाट पाउने अक्सिजन पाउन सक्दैन जसले गर्दा छाला चाउरी पर्ने जस्ता समस्या देखापर्छ ।
थप जानकारी
(रश्मिला श्रेष्ठ बरिष्ट सौन्दर्यबिद हुनुहुन्छ l बिगत दुइ दशक देखि उहा सौन्दर्य पेशामा आबद्द हुनुहुन्छ l अन्य सौन्दर्य सम्बन्धि जानकारी लिनु परेमा रष्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल चौथो तला तथा बिजी मल गोगंबुको चौथो तलामा गएर आबश्यक सुझाब सल्लाह लिन सक्नुहुनेछ साथमा पुरुष तथा महिलाहरुको सौन्दर्य सम्बन्धि सम्पूर्ण सौन्दर्य ट्रिट्मेण्ट समेत गरिन्छ l सम्पर्कको लागि Kathmandu Mall, 4th floor(Old pink colour) Kathmandu, Nepal +977-1-4150025(Ktm mall ), +977-1-4356385(BG mall) 9841641940 )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस