रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौं : विवाहको मौसममा रमाउन पाउँदा जो कोहिलाई पनि खुशी त लाग्छ । तर, यो जाडोको मौसममा दुलहीलाई सुन्दर बनाउनका लागि गरिने मेकअप अति नै चुनौतीपूर्ण हुन्छ । कुनै कार्यक्रम, पार्टी वा कार्यालयमा जाँदा मात्रै होइन, महिला घरमै बस्दा पनि मेकअप गरेर बस्न रुचाउँछन् । त्यसमाथि पनि चाडपर्व तथा खास अवसरमा सहभागी हुने भनेपछि महिलाहरु विशेष मेकअप नै गर्न अग्रसर हुन्छन् ।
व्यक्तित्वलाई निखार्ने ड्रेसअप र मेकअप पनि भएकाले यसमा महिला पछि पर्ने कुरै भएन । आफ्नो सुन्दरतालाई निखार्न हमेशा प्रयत्नरत महिलाका लागि विभिन्न खालका मेकअप र ड्रेसअप भएपछि उनीहरुले त्यसको प्रयाग गर्ने नै भए ।
विशेषगरी दुलही तथा विवाहमा लामो समय टिक्ने तथा राम्री देखिने मेकअप गर्ने चलन छ । यसलाई ब्राइडल मेकअप भनिन्छ ।
ब्राइडल मेकअप गर्दा सुरुमा अनुहारलाई सफा गर्नुपर्छ । अनुहार क्लिजिङ गरेर वा सावुन पानी वा फेसवासले धुएर गर्न सकिन्छ । मुहार सफा भइसकेपछि अनुहारमा टोनर र फेस प्राइमर लगाउनुपर्छ । यदि अनुहारमा दाग वा धब्बा छ भने कन्डिस्नर लगाएर छोप्न सकिन्छ र फाउन्डेशन लगाउनुपर्छ । जाडो मौसममा सुन्दरतालाई यथावत राख्नु चुनौतीपूर्ण हुनसक्छ । विशेष गरेर विन्टर ब्राइडहरुका लागि यो कुरा अत्यन्त चुनौतीको विषय हुन्छ । कुन रंग सिजनको हिसाबले मेल खान्छ र कस्तो प्रकारको लुकलाई अपनाउने ?
मेकअप गर्ने तरिका
आँखामा केन्द्रित हुनु
जाडो मौसममा डिफाइन्ड आई मेकअपको चलन अत्यधिक छ । यसमा आँखाले नै मुख्य आकर्षणको काम गर्छ । कुनै पनि दुलहीलाई सुन्दर देखाउनका लागि यस प्रकारको मेकअप गरिन्छ । जाडोमा तपाईं आफ्नो स्किन शो गर्न सक्नुहुन्न । त्यसैले आफ्नो भावी श्रीमान्लाई आफूतिर आकषिर्त गर्नको लागि आँखालाई कामुक देखिने गरी मेकअप गर्नु सबै भन्दा राम्रो तरिका हो । सेक्सी आई मेकअप गरेर तपाईं आफ्नो पार्टनरको ध्यान आफूतिर आकषिर्त गर्न सक्नुहुन्छ । ड्रामेटिक आई मेकअपले तपाईंलाई सेक्सी देखाउन सहयोग पुर्याउँछ ।
डार्क सेड
जाडो मौसममा गाढा सेड अति नै आकषिर्त देखिन्छ । यदि तपाईं पनि विवाह गर्दै हुनुहुन्छ भने कलेजी अथवा गाढा निलो रंग जस्ता सेडहरुको छनौट गर्नुपर्छ । यही रंगको लेहेंगामा मेल खाने लिपस्टिकसँग कम्बाइन गर्दा तपाईंको सुन्दरतामा सुनमा सुगन्ध भरिन्छ । त्यस्तै आईमेकअपमा गोल्डेन अथवा कपर कलरको आइस्याडो कुनै पनि लेहेंगासंग सजिलै मेल खान्छ । जसले तपाईलाई अरु भन्दा भिन्दै देखाउन सहयोग गर्छ ।
हेयर स्टाइल
राम्रोसँग सेट गरिएको हेयर स्टाइलले तपाईंको व्यक्तित्वलाई सबैको सामु बढाइदिन्छ । हेयर स्टाइलिङ गरेपछि तपाईंको कपाल रुखो देखिएको छ कि भन्ने कुरा सुनिश्चित गर्नु पर्छ । हेयर सिरमको सहायताले हेयर स्टाइललाई ग्लसी बनाउनुपर्छ । यसरी तपाईं पूर्णरुपमा सुन्दर र आकर्षक देखिन सक्नुहुन्छ ।
फेयरी टेल लुक
दागरहित छाला सबैलाई मनपर्छ । आफ्नो लुकलाई परिहरुको जस्तो बनाउने कोसिस गर्नेक्रममा अनुहारको छालाको सेतोपना अथवा गोरोपनालाई ध्यान दिनुपर्छ । यसले तपाईंको मेकअप लुक निकै नै प्राकृतिक देखिन्छ र विन्टर ब्राइडको हिसाबले तपाईं अति नै राम्री देखिनु हुनेछ । स्नो हृवाइट जस्तो लुक पाउन चाहनुहुन्छ भने तपाईंले आफ्नो आँखालाई डिफाइन गर्दै केवल ओठहरुलाई मात्र हाइलाइट गर्नुपर्छ । ध्यान राख्नु पर्ने कुरा के छ भने ओठहरुलाई हाइलाइट गर्नका लागि कुनै डार्क सेट जस्तो कि चेरी रेड कलर नै प्रयोग गर्नुपर्छ । विवाहको दिन सबैभन्दा थकानले भरिएको दिन हुन्छ । त्यसैले आफ्नो अनुहारको ग्लोलाई कायम राख्नका लागि इल्युमिनाइजरको प्रयोग गर्नुपर्छ ।
ब्राइडल मेकअप गर्दा आँखाबाट सुरु गर्नु राम्रो हुन्छ । पहिला आँखामा आइस्याडोको बीच बनाइन्छ । बीचमा बनाउँदा गोल्डेन, सिल्बर तथा स्किन रङको प्रयोग गर्न सकिन्छ । आँखाको मेकअप गर्दा आफूले लगाएको ड्रेस अनुसारको हुनुपर्छ । यसो गरियो भने राम्रो देखिन्छ । गाजल लिक्वुट प्रयोग गर्ने तथा मस्कारा लगाउन भुल्नु हुँदैन । आँखाको मेकअप सकिएपछि गालामा रोज लगाउने, अनुहारलाई चम्किलो बनाउन सिमसले हाइलाइट गर्नुपर्छ । ब्राइडल मेकअपमा ओठको मेकअप अन्तिममा गरिन्छ ।
ओठको मेकअप गर्दा पहिला पेन्सिल आउटलाइनर लगाएर लपिस्टिक लगाउनुपर्छ । यसो गर्दा लिपिस्टिक राम्रोसँग लाग्छ र दायाँ बायाँ पनि लाग्ने सम्भावना कम हुन्छ । अन्तिममा पुनः एकपटक टोनरको प्रयोग गरेमा लामो समय सम्म मेकअप बसिरहन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस