ब्युटीटिप्स जेसिका मेकअप स्टुडियो एण्ड ब्युटी सलुन- तारा केसी कार्की काठमाडौँ : सुन्दरता आफूभित्रै हुन्छ । तर, यसमा निखार ल्याउनका लागि र यथास्थितिमा राख्नका लागि बाह्य तत्वको पनि समायनुकूल प्रयोग गनुपर्छ । यसका लागि आधुनिक सौन्दर्यकलामा प्रचलित निम्न उपाय र तत्व प्रयोग गर्न सकिन्छः
१ . कुनै पनि चिज प्रयोगमा ल्याउनु छ भने अनुहारमा सुहाउने (सुट गर्ने) मात्र चिज लगाउनुपर्छ । दैनिक हेरचाहले पनि छालालाई सुन्दरता दिन्छ ।
२ . यदि अनुहारको छाला अति नै सुख्खा छ र संवेदनशील छ भने साबुनको प्रयोग गर्नुहुदैँन । हातले अनुहार छोइरहनु हुदैँन ।
३ . यदि चिल्लो र सुख्खाको कम्बिनेसन अनुहारमा छ भने दिनमा दुइपटक कुनै पनि मेडिकेटेड साबुनले अनुहार धुनुपर्छ । त्यसपछि राम्ररी पानीले अनुहार धोएर स्किन टोनिक लगाउनुपर्छ ।
४ . दिनमा दुईपटक अनुहारलाई धोए पुग्छ ।
५ . सानो कचौरामा स्किन टोनिकलाई राखेर कपासलाई त्यसमा भिजाई फ्रिजमा राख्नुपर्छ त्यसपछि कपासले पुछिराख्नुपर्छ ।
६ . कहिल्यै पनि आँखाको वरिपरि भएको छालामा मसाज गर्नुहुँदैन । त्यसका लागि क्लिन्जिङ जेल लगाएर आँखाको मेकअप गर्नुपर्छ । त्यसपछि बदाम (हाडे बदाम) को क्रिम लगाएर १० मिनेटपछि धुनुपर्छ । यसले आँखाको कालो दागलाई हटाउन मद्दत गर्छ ।
७ . मास्कले अनाबस्यक सेललाई हटाउन मद्दत गर्छ, रक्तनलीलाई क्रियाशील गराउँछ र अनुहारलाई सफा र चम्किलो बनाउँछ । मास्कलाई आँखाको वरिपरि छालामा लगाउनु हुदैँन ।
८ . नुहाउँदा आङमा लामो डन्डा भएको ब्रस प्रयोग गर्नुपर्दछ । कुइनातिर कुनै कडा तौलियामा साबुन लगाएर दल्नुपर्छ ।
९ . धेरै सेम्पु गर्नाले केश बिग्रिँदैन तर त्यसका लागि नरम सेम्पु प्रयोग गनुपर्छ ।
१० . हेना मेहन्दी एउटा कन्डिसनर हो, जसले कपाललाई बलियो राख्न मद्दत गर्छ ।
११ . तेलले सुख्खा र बिग्रेको, हाँगा आएको केशलाई ठीक राख्न मद्दत गर्छ । डन्डिफोरलाई ठीक गर्न पनि मद्दत गर्छ । कपाललाई बढाउन कस्टर तेलले मद्दत गर्छ ।
१२ . यदि कपाल बढी भिजेको छ भने कपालमा ब्रस गर्नु हुँदैन । त्यसको बदलामा ठूलो दाँती भएको काइँयोले कोर्नुपर्छ । हेयर ड्रायर धेरै प्रयोग गरेमा कपाल बिग्रिन सक्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस