गलेश्वर- प्राकृतिक चिकित्सालय मानिने म्याग्दीका तातोपानी कुण्डहरुको अनुसन्धान र प्रचारप्रसारका लागि जापानी अनुसन्धानकर्ता लागिपरेका छन् ।
दुई वर्षअघिदेखि सामुदायिक विकास तथा हरियाली आयोजनाका लागि म्याग्दीलाई कार्यक्षेत्र बनाउँदै आएका जापानी नागरिक सुन्य आवामुरा म्याग्दीमा रहेका तातोपानी कुण्डमा पुगेर खोज, अनुसन्धान र प्रचारप्रसारमा व्यस्त छन् ।
‘सबै तातोपानी कुण्डमा पुग्न मलाई दुई महिना लाग्यो, यहाँको तातोपानीले मलाई जापान फर्किनबाट रोक्यो’, आवामुराले भने ।
परियोजनाको काम सकेपछि फर्किने तयारीमा रहेका आवामुराले तातोपानीमा उपचार गराइरहेका बिरामीले निको भएको बताएपछि यहाँका तातोपानी कुण्डहरुलाई जापानीमाझ चिनाउने बताए । उनले भने , ‘मेरी श्रीमती पनि पत्रकार हुन्, यस कार्यमा उनले पनि मलाई सघाइरहेकी छन् ।’
म्याग्दी जिल्लाका विभिन्न स्थानमा रहेका साना–ठूला सबै तातोपानी कुण्डको ‘प्रोफाइल’ बनाएर विदेशी पर्यटकलाई प्राकृतिक तातोपानी कुण्डमा आउने वातावरण बनाइरहेको आवामुराले बताए । ‘म्याग्दी तातोपानीका कुण्डैकुण्ड भएको सुन्दर जिल्ला हो, प्राकृतिकरूपमा नुनिलो स्वादको तातोपानी निस्कने मुहानलाई चिनाउने प्रयासमा छु’, उनले भने ।
कृत्रिम तातोपानीमा नुहाउनेहरूलाई पहाडबाट निस्किएको प्राकृतिक तातोपानीले आकर्षित गर्ने उनको भनाइ थियो । तातोपानी कुण्ड जाने नक्सा, तातोपानीको महत्व तथा आसपासमा रहेका होटल, जैविक तरकारीलगायतका महत्वलाई समेटेर प्रचार साम्रगी तयार पारेका आवामुरा तातोपानी कुण्डलाई मात्रै प्रचार गरे पनि म्याग्दीमा बर्सेनि हजारौँ विदेशी पर्यटक ल्याउन सकिने बताए ।
‘तातोपानी कुण्ड पर्यटकलाई हिराजस्तै हो, पूर्वाधार र राम्रो होटल बनाउनुपर्छ’, आवामुराले भने । उनले कुण्डको साम्रगी अङ्ग्रेजी र जापानी भाषामा तयार गरिरहेका छन । जिल्लाभर धेरै तातोपानीको मुहान भए पनि आठ ओटाको प्रचारप्रसार साम्रगी बनाइरहेको उनले बताए ।
बेनी नगरपालिका–४ सिङ्गा र धवलागिरि गाउँपालिका–४ मुदीको बगरको तातोपानीले आफूलाई आकर्षित गरेको उनको भनाइ थियो । सिङ्गा तातोपानी बिरामीको उपचार र बगरको पर्यटकलाई केन्द्रित गर्न सकिने भए पनि जिल्लाभित्रका आठ स्थानमा रहेको कुण्डमा पूर्वाधारको कमी महसुस गरेको उनले जानकारी दिए । उनले पहिलो चरणमा एशियाली मुलुक हुदै विश्वभर तातोपानी कुण्डको सन्देश पु¥याउने आफ्नो चाहना रहेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस