सोल-कोरियाली न्याय मन्त्रालयले हालै आफ्नो कानुनमा संसोधन गर्दै देश भित्र घरेलु हिंसा तथा यौन हिंसाका मुद्दा लागेका नागरिकहरुलाई अन्तराष्ट्रिय विवाह भिसा उपलब्ध नगराउने नयाँ नियम लागु गरेको छ ।
यो व्यवस्था लागु गरिएसँगै कुनै पनि घरेलु तथा आपराधिक मुद्दा लागेका जो कोहि पनि कोरियन स्पोन्सरसँग विवाह गर्नबाट बञ्चित हुने छन् ।
मन्त्रालयका अनुसार यो ब्यवस्था अबको ६ महिना पश्चात लागु गरिने छ । नयाँ कानुन लागु गरिए पश्चात बाल हिंसा,महिला हिंसा, यौन जन्य हिंसा तथा अन्य कुनै प्रकारका हिंसा गर्ने कोरियाली नागरिकहरुले अब स्पोन्सर भिसा पाउने छैनन् ।
नयाँ नियम अनुसार अभियोग प्रमाणित भएमा सजाय भोगिसकेको १० बर्ष सम्म उनीहरुले स्पोन्सर गर्न पाउने छैनन् ।
उक्त नयाँ कानुन कार्यान्वयन भए सँगै अब कोरियामा हुने गरेका घरेलु हिंसाका घटनाहरुमा न्युनिकरण हुने सरकारको विश्वास छ । यति मात्र नभई एक अर्काको संस्कार र संस्कृतिको सम्मान पनि बढेर जाने मन्त्रालयले जनाएको छ ।
कोरियाली श्रीमानले भियतनामी श्रीमतीलाई बच्चाहरुकै अगाडि घरेलु हिंसा गरेको भिडियो गत जुलाईमा सार्वजनिक भए पश्चात नै सरकारले यस विषयमा नयाँ कानुन ल्याउने तयारि थालेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस