मानिसको जीवनलाई सन्तुष्ट, सुखी र आनन्दित तुल्याउन यौनको निकै ठूलो भूमिका रहन्छ । यौन केवल शारीरिक सम्बन्ध मात्रै होइन । यसले पति पत्नी अथवा दुई प्रेमीलाई भावनात्मक रुपमा पनि जोड्ने काम गर्छ ।
एक स्वस्थ सम्बन्धका लागि दुवैले एकअर्काको हरेक खुसीको ख्याल राख्नु आवश्यक छ । तर, महिलालाई यौनको समयमा कसरी चरमोत्कर्ष प्राप्त हुन्छ भन्ने विषयमा निकै चर्चा भएको पाइन्छ । यो विषय संवेदनशील भएकैले यसबारे यति धेरै चर्चा हुने गरेको हो ।
यौन विशेषज्ञहरुले महिलाहरुले प्राप्त गर्ने यौन सुखलाई उनिहरुले अपनाउने यौन क्रियाकलापमा भर पर्ने तथ्य औल्याएका छन् । उनिहरुका अनुसार सन्तुष्टी प्राप्त गर्ने विभिन्न तरिका तथा मात्राहरु छन् ।
यौन सम्पर्कबाट ६९.९ प्रतिशत यौन सन्तुष्टी, अंकमालबाट ६६ प्रतिशत सन्तुष्टी, यौन सम्पर्कका दौरान गरिने चुम्बनबाट ४९ प्रतिशत , यौन सम्पर्कका समयमा गरिने रोमान्टीक गफगाफबाट ४६.६ प्रतिशत , यौन सम्पर्क पुर्वको बडी प्लेबाट ४६प्रतिशत , सामान्य यौन सम्पर्कबाट करिव ४२ प्रतिशत , मुख मैथुनबाट ४३ प्रतिशत , रोमान्टिक चलचित्र हेरेर ४२ प्रतिशत , कोठा रोमान्टिक बनाएर ४१ प्रतिशत तथा कामुक भित्रि वस्त्र लगाएर ४३ प्रतिशत यौन सन्तुष्टी प्राप्त गर्न सकिने पनि अध्ययनले देखाएको छ ।
विभिन्न अध्ययन प्रतिवेदनले यौनको समयमा महिलाहरु एकभन्दा बढी पटक चरमोत्कर्षमा पुग्ने देखाइसकेका छन् । यद्यपि, केही महिला उक्त स्थितिमा पुग्न निकै समय लाग्छ । अथवा कतिपय महिलाले त जीवनभरमा निकै कम मात्र चरमोत्कर्षको अनुभव गर्छन् । अनुसन्धाताहरुका अनुसार चरमोत्कर्षको अवस्था महिलाहरुमा फरकफरक रहेको पाइएको छ । मुख्यतः महिलामा चरमोत्कर्षका चार प्रकार हुन्छन् ।
क्लिटोरल अर्गाजम
क्लिटोरल अर्गाजम सबैभन्दा छिटो हुने अर्गाजम अथवा चरमोत्कर्ष हो । योनिमा भगांकुरमा औंला, जिब्रो, सेक्स टोय आदिको हल्का, घुमाउरो र लगातारको स्पर्शले महिलाले यो चरमोत्कर्ष निकै छिटो अनुभव गर्न सक्छन् । यस चरमोत्कर्षले यौन क्रियालाई छिटै पूरा गर्नेभन्दा पनि क्रियालाई अझै बढाउन यो सहयोगी हुने बताइन्छ ।
जीस्पट अर्गाजम
जीस्पट अर्गाजम क्लिटोरस अथवा भगांकुरभन्दा भित्र र गहिरो हुन्छ । जीस्पट योनिको एकदेखि दुई इन्च भित्रपट्टि रहेको भाग हो ।
फिमेल इज्याक्युलेसन
फिमेल इज्याक्युलेसन अथवा महिला स्खलनलाई स्क्विर्टिङ पनि भनिन्छ । यसको अनुभव अधिकांश महिलाले गर्दछन् । यसबाट शारीरिक सन्तुष्टिका साथै भावनात्मक सन्तुष्टि पनि मिल्छ ।
सर्विकल अर्गाजम
सर्विकल अर्गाजमलाई सबैभन्दा उत्तम चरमोत्कर्ष मानिन्छ । सर्विकल अर्गाजमको समयमा महिलाले शान्ति, सुख र खुसीको अनुभूति गर्छन् । सर्विक्सको सम्बन्ध गर्भाशयसँग रहन्छ, अथवा यो गर्भाशयको मुख हो । यो चरमोत्कर्ष प्राप्त गर्न मिसनरी सेक्स पोजिसन उपयुक्त हुने बताइन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस