यौनको प्रसंगमा हामी खुलेर कुरा गर्दैनौं । यौनजन्य कुरालाई भित्रभित्रै लुकाउँछौं । यसले हाम्रो मनोविकार बढाउँछ । त्यही मनोविकारले यौनजन्य समस्या निम्त्याउँछ ।
यौनको प्रसंग आउनसाथ धेरैले लुकाउने समस्या हो, यौनमा असन्तुष्टि । यस्तो असन्तुष्टि किन हुन्छ ? मनोविद्हरुले यसका केहि साझा कारण खोतलेका छन् । यसमा मानसिक कुरादेखि हर्मोनल गडबडीसम्म हुनसक्छ ।
यौन असन्तुष्टिको चर्चा गर्नसाथ धेरैले भन्छन्, यौन उत्तेजना नै भएन । आफु वा आफ्नो पार्टनरमा यस्तो समस्या भएपछि धेरैको यौनजीवन खल्लो हुने गर्छ । अब के गर्ने त ? यौन उत्तेजनाको लागि हामी भियाग्रा सम्झन्छौं । भियग्राले पुरुषहरुको ‘इरेक्सन’ बढाउन प्रभावकारी काम गर्छ ।
तर, यौन उत्तेजना बढाउनका लागि भियग्राकै सहारा लिनुपर्छ भन्ने छैन । हाम्रै भान्सामा हुने विभिन्न खानेकुराहरुले भियग्राको जस्तो काम गर्न सक्छन् । जानौं ती खानेकुराहरु
१-अनार
अनारले स्वास्थ्यलाई दिने अनेकन फाइदाका अलावा यसलेउ भियग्राको जस्तो काम पनि गर्छ । अनारले रगतको प्रवाहलाई नियन्त्रण गर्छ र यसलाई जनन्द्रीयतर्फ लैजान्छ । कामोत्तेजक समयका लागि यो एउटा चमत्कारी फल हो ।
२-ओखर
कडा इरेक्सनका लागि ड्राइ प|mुट्सलाई सँधै उपयोगी मानिदै आएको छ । यिनीहरुमा ओमेगा ३ फ्याटी एसिड र भिटामिन बी ३ हुन्छन् जसले शुक्राणुहरुको क्षमतालाई बढाउँछन् र पुरुषको यौनाङ्गमा रक्तप्रवाह बढाउँछन् ।
३-तरबुजा
हालै गरिएको एक अध्ययनबाट पत्ता लागेको छ कि तरबुजा पनि भियग्रा जस्तै प्रभावशाली हुन्छ । तरबुजको टुक्रामा यसको बोक्राको ठिक मुनि हरियो रंगको जुन भा छ त्यसमा सिट्रुलाइन प्रचुर मात्रामा हुन्छ ।
सुट्रुलाइन शरीरमा अर्गानिक नाइट्रिक एसिड बनाउन सहायक हुन्छ । नाइट्रिक एसिड एक सिद्ध योगिक हो जसले पुरुषहरुमा यौन आकांक्षालाई बढाइदिन्छ र इरेक्सनलाई बलियोउ बनाउन पनि सघाउँछ ।
४-अन्डा
बलियो इरेक्सनका लागि अन्डा एउटा उत्कृष्ट आहारा हो । यसमा भिटामिन डी, बी५ र बी६ हुन्छ । यी सबैले प्रभावकारी रुपमा सेक्सको इच्छा जागृत गर्न भूमिका खेल्छन् जसले गर्दा आफ्नो साथीसँग उत्तेजित समय बिताउन सकिन्छ ।
५-पालुंगो
भिटामिनबाट समृद्ध भएकाले पालुंगोलाई विश्वभरमै स्वास्थ्यका लागि उत्कृष्ट खाद्यपदार्थ मानिएको छ । पालुंगोले पनि भियग्राको जस्तो काम गर्छ । यसमा आइरन, म्याग्नेसीयम र भिटामिन ई हुन्छन् जसले गर्दा यसले योन इच्छा बढाउन सहयोग गर्छ ।
६-केरा
केरामा ब्रोमेलिन नामक इन्जाइम हुन्छ जसले प्राकृतिकरुपमा सेक्सको इच्छालाई बढाउँछ । केरामा पोटासियम र म्याग्नेसियम लगायत अन्य कैयन् पोषक तत्व पनि हुन्छन् जसले कामवासना बढाउनका साथै अरु पनि थुप्रै फाइदा पुर्याउँछ ।
७-अलैंची
भियग्राजस्तै काम गर्ने खाद्य पदार्थको सुचीमा अलैंची सबैभन्दा अगाडि आउँछ । अलैंचीमा सिनेओले नामक एक यौगिक हुन्छ जसले जनन्दि्रयमा रक्तप्रवाहलाई बढाउँछ । यसले गर्दा कडा इरेक्सन प्राप्त हुन्छ ।
८-किसमिस
किसमिसले पनि सेक्स ड्राइभलाई बढाउँछ । किसमिसको सेवनबाट कैयौं प्रकारका यौनजन्य समस्या, जस्तै इरेक्टाइल डिसफङ्सन आदिबाट छुटकारा पाउन सकिन्छ । यसले शरीरमा उर्जा बढाउनुका साथै सेक्सको समयमा पनि सहयोग गर्छ ।
९-बदाम
बदाममा हुने फ्याटी एसिडले पुरुषहरुमा हार्मोन उत्पादनमा मुख्य भूमिका खेल्छ । काँचो बदाम खाँदा अझै बढि फाइदा हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस