मानव जीवनका लागि यौन सम्पर्क एक पाटो हो । यो सबैलाई आवश्यक हुन्छ । तर, पुरुष भएकै कारण कसैले आफ्नो जोडीले के सोचिरहेकी छन् भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । महिलाले यौन सम्पर्कपछि के सोच्छन् ?
१-रक्सी सेवन गर्ने चाहना
यौन सम्पर्कपछि केही महिलालाई रक्सी सेवन गर्ने मन पनि हुन्छ । त्यो बेला उनलाई रक्सीले आफूलाई फाइदा गर्छ वा गर्दैन भन्ने थाहा हुँदैन ।
२-भोक लाग्नु
यौन सम्पर्कका क्रममा शक्ति खर्च हुन्छ । यसकारण तपाईको जोडीले भोक लागेको महशुस गरेका हुन्छ ।
३-तपाईप्रति सकारात्मक
यदि यौन सम्पर्कका क्रममा तपाईले जोडीलाई सन्तुष्टी दिन सक्नुभयो भने उनले यौन सम्पर्कपछि तपाईप्रति सकारात्मक सोच्न थाल्छिन् । चाहे उनले यसको संकेत दिन पनि सक्छिन्, नदिन पनि सक्छिन् ।
४-समय अभाव भएको महशुस
महिला जोडीलाई यौन सम्पर्कका क्रममा समयलाई लिएर तपाईप्रति निकै अपेक्षा हुन्छ । उनले तपाईलाई खरो रुपमा उत्रेको देख्न चाहन्छिन् । नभए उनी निराश समेत हुन्छिन् ।
५-यौन सम्पर्क एक काम
कुनै महिला यौन सम्पर्कलाई एक महत्वपूर्णका कार्यका रुपमा लिन्छिन् । जुन पुरा हुने वित्तिकै आफ्नो अर्को काममा लाग्ने गर्छिन् ।
६-यौन सम्पर्क गरेकोमा विश्वास नलाग्नु
कयौं पटक महिलाहरुलाई आफूले कसैसंग यौन सम्पर्क गरेको कुरा पत्याउन गाह्रो पर्न सक्छ । यस्तो दुइवटा परिस्थितीमा हुन सक्छ । पहिलो, जब यौन सम्पर्क गर्ने व्यक्ति पहिलो पटक यौन सम्पर्क गरिरहेका छन् र दोस्रो, जब महिला जोडीलाई आशा गरे विपरित सम्पर्क भएमा ।
७-म उनको लागि ठीक थिएँ ?
यौन सम्पर्कपछि कतिपय महिलाको मनमा आफू आफ्नो जोडीको लागि ठीक थिएँ त भन्ने कुरा पनि मनमा लाग्ने गर्छ । उनी आफूसंगको सम्पर्कबाट आफ्नो जोडी सन्तुष्ट भयो वा भएन भन्ने बारेमा पनि जान्न चाहन्छिन् ।
८-उसले गर्ने मायामा फरक त पर्दैन
कैयौं पटक महिलाहरुलाई यौन सम्पर्कपछि आफ्नो जोडीले पहिलेको जस्तै माया गर्छ कि गर्दैन भन्ने कुरामा दुविधा हुन्छ । यस्तो विषयले महिलाहरुलाई बढी सोच्न बाध्य बनाउँछ ।
९-मैले यो के गरेँ ?
यदि कुनै महिला आफ्नो श्रीमान वा ब्वाइफ्रण्डलाई धोका दिएर अन्य कसैसंग यौन सम्बन्ध राख्छिन् भने उनलाई आफूले यो के गरेको भन्ने मनमा खेल्ने गर्छ । उनलाई पछि आफूले यस्तो गर्न नसक्ने सोच्छिन् ।
१०-दोस्रो पटक पनि गर्न सक्छौं ?
कुनै बेला महिलाहरु यौन सम्पर्कबाट यति धेरै सन्तुष्ट हुन्छिन कि उनी अर्को पटकका लागि पनि तुरुन्तै तयार हुन्छिन् । त्यसका लागि आफ्नो जोडीको मन तान्न थाल्छिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस