वास्तवमा यदी यो संसार टिकेको छ त माया कै कारण । माया सबैले चाहाने यौटा प्रमुख जिन्दगीको पाटो । कहिले परिवारको माया, कहिले साथिको माया, कहिले प्रकृतिको माया, कहिले आफूले मन पराएको मान्छेको माया । माया भन्ने वित्तिकै मानिसहरुमा एक छुट्टै आनन्दमय तरङ्ग आउछ । माया वास्तवमा हाम्रो जिवनलाई सफल तथा असफल दुबै बनाउने कारक तत्व हो । माया प्रेमका धेरै पुस्तक लेखिएका छन्, कविता कोरिएका छन्, गीत गाइएका छन्, चलचित्र बनेका छन् । माया प्रेमले कतिलाई हाँसो दिएको छ त कतिलाई आँसु दिएको छ । यसै सन्दर्भमा आज हामी यो समाचारमा माया प्रेम गर्नुका १० फाइदाहरुको बारेमा चर्चा गर्दैछौँ ।
१-तनाव घटाउँछ
मायाजालमा उनिनु निकै रमाइलो अनुभूति हो। राम्रो सम्बन्ध हुने जोडीमा निरन्तर खुसी बनाउने हर्मोन निष्कासन हुन्छ र तनाव लगायतलाई हराउँछ। यसबाहेक तपाईं खुसी हुँदा दुःखी बनाउने हर्मोन कोर्टिसलको मात्रा घट्छ र बिन्दास भएर बाँच्न सकिन्छ।
२-रक्तचाप घटाउँछ
एनल्स अफ बियभियरल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार खुसी विवाह वा सम्बन्ध भएको जोडीको रक्तचाप अन्य (अविवाहित वा एकल)को तुलनामा न्यून थियो। तपाईंको सम्बन्धले रक्तचापलाई निर्देशित गर्ने स्वास्थ्य विज्ञहरु बताउँछन्। उनीहरुका अनुसार असन्तुलित वा नराम्रो सम्बन्ध हुने मानिसको रक्तचाप उच्च हुने गर्छ।
३-छालामा चमक
मायामा पर्दा एउटा अनौठो अनुभव हुन सक्छ। आफूलाई संसारकै उच्च स्थानमा रहेको अनुभूति हुनुको अतिरिक्त मायाले तपाईंको छालामा चमक थपिदिन्छ। विज्ञहरुका अनुसार मायामा पर्दा शरीरले इन्डोरथिन्सलगायतका हर्मोन निष्कासन गर्छ। यसले पीडाबोधक हर्मोन कोर्टिसोल निष्कासनको मात्रा घटाउन सहयोग गर्छ।
४-डिप्रेसन जित्ने शक्ति
माया गर्ने व्यक्तिको साथ र हात पाएपछि डिप्रेसनलाई सजिलै हराउन सकिन्छ। वैज्ञानिकहरुका अनुसार मायाले इन्डोरथिन्सलगायतका खुसी बनाउने हर्मोन निष्कासन गर्न सहयोग पुर्याउँछ। शरीरमा यस हर्मोनको वृद्धिले डिप्रेसनलाई जित्न सहयोग पुर्याउँछ।
५-कमजोरीबाट टाढै राख्छ
अमेरिकाको हेल्थ एन्ड ह्युमन सर्भिस डिपार्टमेन्टको एक प्रतिवेदनअनुसार मायामा परेका जोडी अन्यको तुलनामा अझै बढी स्वस्थ र उनीहरुमा अन्य रोग वा कमजोरीको मात्रा तुलनात्मक रुपमा कम हुन्छ। यसको निश्चित कारण पत्तो नलगाए पनि एक अर्काको मायामा परेको जोडी अझै स्वस्थ भएर दीर्घजीवी हुने विषयमा चासो देखाउने, उचित व्यायाम गर्ने र नियमित परीक्षण गर्छन्।
६-रक्तचाप घटाउँछ
एनल्स अफ बियभियरल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार खुसी विवाह वा सम्बन्ध भएको जोडीको रक्तचाप अन्य (अविवाहित वा एकल)को तुलनामा न्यून थियो। तपाईंको सम्बन्धले रक्तचापलाई निर्देशित गर्ने स्वास्थ्य विज्ञहरु बताउँछन्। उनीहरुका अनुसार असन्तुलित वा नराम्रो सम्बन्ध हुने मानिसको रक्तचाप उच्च हुने गर्छ।
७-उपचार छिटो
हो, मायाले उपचार छिटो हुने वैज्ञानिक रुपमै प्रमाणित भइसकेको छ। अर्काइभ अफ जनरल साइक्याट्रियामा प्रकाशित एक अध्ययनअनुसार राम्रो र स्थिर सम्बन्ध हुने जोडीको घाउ अन्यको तुलनामा निकै छिटो निको भएको थियो। नराम्रो वा खराब सम्बन्ध हुने व्यक्तिमा न्यून उपचारको क्षमता भएको पनि अध्ययनले पुष्टि गरेको छ। निकै निराश, दुःखी, एक्लो वा हीनताबोध गर्ने व्यक्तिमा कोषहरु खुम्चिने भएकाले पनि उनीहरुको उपचार ढिलो हुन्छ।
८-दीर्घायुको अवसर
विज्ञहरुका अनुसार खुसी र स्थिर सम्बन्ध भएका मानिसहरु धेरै वर्ष बाँच्छन्। मायाले एक अर्कोलाई सुरक्षा र आफ्ना दुःखसुःख आदानप्रदान गर्ने अवसर दिन्छ। जोडीमध्ये एउटालाई समस्या पर्दा अर्काेलाई आफ्ना समस्या सेयर गर्ने र छलफलबाट समाधानको उपाय समेत खोज्ने हुँदा प्रायः समस्या समाधान गरी विभिन्न रोग लाग्नबाट बचाउनुका साथै दीर्घजीवी हुने अवसर प्रदान गर्छ।
९-शारीरिक तन्दुरुस्ती
सँगसँगै मिलेर काम गर्ने र सल्लाह गर्ने जोडीले सजिलै आफ्नो उद्देश्य पूरा गर्न सक्छ। यसबाहेक मायामा जमेको जोडीले एक अर्कालाई स्वस्थ रहन उत्प्रेरणा दिनुका साथै सुन्दर र फुर्तिलो हुन हौसला प्रदान गर्छ।
१०-मासिक धर्म नियमित
माया र नियमित यौन सम्पर्कले तपाईंको मासिक धर्मलाई नियमित बनाउन सहयोग गर्छ। प्लान्ड प्यारेन्टहुडमा प्रकाशित एक अध्ययनअनुसार सातामा कम्तीमा एकपटक यौन सम्पर्क गर्ने महिलामा मासिक धर्म नियमित पाइएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस