सौन्दर्यकर्मी सुजना बर्देवा रश्मिलाज फेसियल हाउस तथा ब्युटी केयर काठमाडौँ मलमा कार्यरत छिन् ।
तल उल्लेखित ‘स्मार्ट मेकअप’ उपाय अपनाएर तपाईं अनुहारलाई परफेक्ट लुक दिन सक्नुहुन्छः
– मेकअप गर्नु पहिले अनुहारलाई राम्ररी फेसवासले धुुनुपर्छ । त्यसपछि अनुहारलाई ताजा र स्वस्थ देखाउनका लागि वरफको टुक्राले करिब पाँच मिनेट राम्ररी मसाज गर्नुपर्छ । यसले अनुुहारको डन्डिफोर कम गर्न पनि मद्दत मिल्छ । अनुहारमा निखार ल्याउनका लागि मसाजपछि क्लिञ्जर वा टोनरको पनि प्रयोग गर्न सकिन्छ ।
-बदलिदो मौसममा अनुहार तथा छालामा विभिन्न परिवर्तन देखिन्छन् । छाला रुखो तथा सुख्खा हुने गर्छ । त्यसैले अनुहारलाई नरम बनाउन मोइस्चराईजर क्रिमको प्रयोग जरुरी छ । छाला चिल्लो भएमा तेलरहित मोइस्चराइजर क्रिमको प्रयोग गर्नु पर्दछ ।
-अनुहार पहेँलो भएमा लाइट सेडको लिपस्टिक भुलेर पनि प्रयोग गर्नु हुँदैन । अन्यथा, यसले तपाईंलाई बिरामीजस्तो बनाइदिन्छ ।
-मेकअप गर्दा प्राइमरको पनि प्रयोग गर्नु राम्रो हुन्छ । प्राइमरको प्रयोगले फाउन्डेसन वा मोइस्चराइजरलाई पूरा दिन टिकाउन बेस प्रदान गर्छ । बजारमा थरी-थरीका प्राइमर उपलब्ध छन् । छाला चिल्लो हुने व्यक्तिले जेलेबेस प्राइमरको प्रयोग गर्न सक्छन् भने सुख्खा छाला हुने व्यक्तिले आयल बेस प्राइमर प्रयोग गर्नुपर्छ ।
-दाग, धब्बा वा डार्क सर्कल लुकाउन अनुहारमा फाउन्डेसनको प्रयोग गरिन्छ । आफ्नो स्किन टोनभन्दा एक सेड लाइट फाउन्डेसन मात्र खरीद गर्नु पर्दछ । अन्यथा, अनुहार कृत्रिम देखिन्छ ।
-छाला चिल्लो हुनेले म्याट फिनिस फाउन्डेसन प्रयोग गर्नुपर्दछ । यसले छाला चिल्लो देखिदैन । जबकि सुख्खा छाला हुनेले भने यस्ता फाउन्डेसनबाट टाढै रहनुपर्दछ । अन्यथा, अनुहारमा प्याच देखिने गर्दछ ।
-मेकअप लगाउँदा व्युटी व्लेन्डरको प्रयोग गर्न जरुरी छ । हातले मेकअप गर्दा अनुहारमा फिनिसिङ आउँदैन, जसका कारण अनुहारमा कतै सेतो त कतै कालो देखिने गर्दछ ।
-अनुहारको डार्क सर्कल तथा पिम्पल्स लुकाउनका लागि कन्सिलरको प्रयोग गरिन्छ । कन्सिलरको प्रयोग अनुहारमा फाउन्डेसनभन्दा पहिले पनि गर्न सकिन्छ ।
-अनुहारमा मेकअपलाई सेट गर्न सेटिङ्ग स्प्रेको पनि प्रयोग गर्न सकिन्छ । यसले अनुहारको मेकअप फैलिन पाउँदैन र अनुहार पर्फेक्ट देखिन्छ ।
कसरी देखिने आकर्षक
सुन्दर तथा आकर्षक देखिन सही ड्रेसको साथमा सुहाउँदो मेकअप जरुरी छ । आकर्षक देखिने भन्नासाथ सबैभन्दा पहिले ध्यान जाने भनेको आँखामै हो ।
महिलाहरुले गाजल लगाउँदा वाटर लाइनको वेवास्ता गरिरहेका हुन्छन् । यदि माथिल्लो परेलामा पनि गाजल लगाए आँखा अझ बढी आर्कषक देखिन्छ ।
व्लस लगाउनासाथ अनुहार सुन्दर तथा आकर्षक देखिन थाल्छ । तर सही रङ्गको व्लस चुन्न निकै जरुरी छ । विशेषगरी, हेभी व्लस लगाउँदा भद्दा देखिनसक्ने भएकोले यसतर्फ ध्यान दिन निकै जरुरी छ ।
– अनुहारको अर्को आकर्षण हो ओठ । ओठलाई सुन्दर तथा आकर्षक देखाउन लिप लाइनरको प्रयोग गर्न सकिन्छ । लिप लाइनर लगाउँदा लिपस्टिकको रङ्गसित मेल खानुपर्छ । अन्यथा, अनुहार निकै भद्दा देखिन्छ ।
मेकअप हटाउने सही तरीका
राति मेकअप हटाएर मात्र सुत्नु पर्छ । अन्यथा मेकअपमा रहेका केमिकल्सले अनुहारलाई हानी गर्न सक्छन् । मेकअप हटाउनका लागि राम्रो ब्राण्डको मेकअप रिमूभर प्रयोग गर्नुपर्छ ।
मेकअप रिमूभर नभएको अवस्थामा चिसो दूधद्वारा पनि मेकअप उतार्न सकिन्छ । मेकअप उतारिसकेपछि एलोभेरा जेलले मसाज गर्नुपर्छ । यसले छाला नरम बनाउनुका साथै अनुहारको सुन्दरता कायम राख्न मद्दत गर्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस