सोल-शुक्रवार कोरियाली शहर सोलको माहोल केहि अलग्गै देखिन्थ्यो । यस वर्षको पहिलो चेरी फूलेको दृष्य शुक्रवार देख्न सकिन्थ्यो ।
यस वर्ष तापक्रममा आएको बृद्धिका कारण चेरी अघिल्ला बर्षहरुमा भन्दा चाँडै फूलेको छ । कोरियाली मेटोरोलोजिकल प्रशासन दिएको जानकारी अनुसार प्राय चेरी अप्रिल १० तारिखको आसपासमा फूल्ने गर्दछ तर यस वर्ष तापक्रममा आएको बृद्धिका कारण अप्रिल ३ तारिखबाट नै फूल्न सुरु गरेको हो ।
‘कोरियाले चेरी फूल्ने समयको तथ्यांक राख्न सुरु गरे यताकै सबै भन्दा चाँडो यस वर्ष फूलेको हो’ –एक अधिकारीले भने ।
उनका अनुसार कोरियाको सोलमा सन् १९२२ बाट चेरी फूल्ने समयको तथ्यांक राख्न थालिएको थियो । कोरियाली मेटोरोलोजिकल प्रशाशनका अनुसार उनीहरुले तीनवटा रुखलाई आधार मानेर सो मिति रेकर्डमा राख्ने गरेका छन् ।
अधिकारीका अनुसार जव ती ३ वटा रुखमा चेरी फूल्छन्, तव कोरियामा चेरी महोत्सव सुरु हुन्छ ।
कोरियाली मेटोरोलोजिकल प्रशासनका अनुसार पिङ्क तथा सेतो रङका चेरीहरु १० बर्षमा एक पटक मात्र पूर्ण रुपमा फूल्ने गर्दछन् ।
अधिकारीहरुका अनुसार कोरियाको दक्षिणी जेजु आइल्याण्डमा करिव ८० प्रतिशत सम्म चेरी फूलीसकेका छन् । यो गत वर्ष भन्दा ३ दिन अगाडी हो । र कोरियाको यस वर्षको पहिलो चेरी फूलेको गत मंगलवार हो ।
चेरीले मौसम रमाइलो बनाएता पनि कोरोना संक्रमणका कारण गत वर्षहरुमा झै रोनकता भने नरहेको स्थानीयहरु बताउदछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस