सोल- दक्षिण कोरियामा कोरोना संक्रमणका बिरामीहरुको संख्या करिव १० हजार पुग्नै लाग्दा मानिसहरुमा एक प्रकारको मनोवैज्ञमनिक त्रास भने व्याप्त नै रहेको छ ।
हाल फैलिरहेको कोरोना संक्रमणका कारण मानिसहरु सकेसम्म सुरक्षित स्थानको खोजीमा रहेका छन् । हाल कोरियामा नव विवाहित जोडीहरु पनि आफ्नो हनिमुन सुरक्षित होस् भन्दै कोरियाका सुन्दर क्षेत्र तर्फ जान छाडेर जेजु आइल्याण्ड तर्फ आकर्षित हुन थालेका छन् ।
कोरियाको विगत १० बर्षको इतिहास पल्टाएर हेर्ने हो भने कोरियाली नागरिकहरु आफ्नो हनिमुन मनाउन प्राय युरोप तथा अन्य विदेशी मुलुक जाने गर्दथे । तर हाल जेजु आइल्याण्डमा बनेका लग्जरी होटलहरुका आकर्षक सेवा सुविधाहरुका कारण नव विवाहित कोरियालीहरुको रोजाइमा जेजु आइल्याण्ड पर्ने गरेको छ ।
एका तर्फ कोरोना सन्त्रास, अर्का तर्फ जेजु आइल्याण्डले पर्यटकहरु भित्राउन गरेको अथक मेहनत । दुबै जेजुका पर्यटन आकर्षणका श्रोत बनेका छन् जेजुमा अवस्थित ज्वालामूखी पाहाडहरु तथा यो मौसममा सिङ्गो आइल्याण्ड ढाक्ने गरि फूलेका पहेँला फूलहरु जो कोहिलाई पनि मन्त्र मुग्ध पार्न सफल रहेका छन् ।
यी नै सुन्दर प्राकृतिक छटा नियाल्दै आफ्नो स्वर्णीम भविश्यका सुन्दर चित्रहरु कोर्न चाहाने अधिकांश कोरियाली नव विवाहित जोडीको हनिमुन मनाउने पहिलो रोजाइमा जेजु आइल्याण्ड पर्न थालेको जेजुका पर्यटन व्यवसायीहरु बताउछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस