सोल – कोरोना संक्रमणका कारण दक्षिण कोरियाको फेशनमा नै परिवर्तन आउन थालेको छ । संक्रमणका कारण घरमै बसेर काम गर्ने नियम लागु भए पछि त्यसको प्रत्यक्ष असर कपडाको ब्यापारमा परेको छ ।
प्राय मिनिस्कर्ट तथा फिटिङ कपडा लगाउने महिलाहरु आज भोली साधारण कपडाको किनमेलमा भेटिन्छन् । उनीहरुले शरीरलाई सहज हुने कपडा लगाउन थालेको बताएका छन् । घरमै बसेर काम गर्दा शरिरमा फिटिङ हुने कपडा लगाउन जरुरी नभएको समेत बताएका छन् ।
पछिल्लो समयमा अनलाइन बजार तथा मोबाइल एप्सहरुमा समेत मिनिस्कर्ट जस्ता छोटा तथा फेशनेवल कपडाको बिक्री ह्वात्तै घटेको तथा हाल अनलाइनमा त्यस्ता कपडा पाउनै छाडेको छ । हाल स्कर्टको सट्टामा स्वेट प्यान्ट अनलाइन बजारको टप लिष्टमा रहेको कोरियालीहरु बताउछन् ।
२०-३० बर्षका युवतिहरुमा फिटिङ तथा टाइट लुगाको क्रेज भएता पनि पछिल्लो समयमा घरमा नै बस्नुपर्ने बाध्यताका कारण त्यस्ता कपडाको प्रयोगमा कमी आएको छ । हाल महिलाहरु शरिर ढाक्ने, खुल्ला तथा साधारण कपडाको खोजीमा रहेको दक्षिण कोरियामा बार्षिक ३० लाख प्रयोगकर्ता भएको अनलाईन सपिङ एप जिगज्याकले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस