सोल- दक्षिण कोरियाको सबैभन्दा ठूलो चलचित्र सञ्जाल सीजीभीले हलमा सिनेमा हेर्न लाग्ने टिकट शुल्कमा बृद्धि गर्ने भएको छ । कोरोना संक्रमणबाट थलिएको चलचित्र उद्योगलाई उकास्न आगामी २६ अक्टोबरबाट उक्त नयाँ शुल्क लागु गरिने भएको सीजीभीले बताएको छ ।
अब चलचित्र हेर्न जाने दर्शकहरुले १ बजे अगाडीका शोका लागि १२०० वोन तथा १ बजे पछिका शोका लागि १३०० वोन तिर्नुपर्ने भएको छ । त्यस्तै गरि पर्दाबाट सीटको दुरीका आधारमा कायम गरिएको टिकट मुल्य समेत खारेज गरिने सीजीभीले बताएको छ ।
यस अघि इकोनोमी, स्ट्यान्डर्ड तथा प्राईम गरि हलका सिटहरु तीन तहमा बिभाजन गरिएका थिए जहाँ प्राईम सिटका लागि दर्शकले २००० वोन तिर्नु पर्दथ्यो । अब फोरडीएक्स तथा आइम्याक्स Iप्रणालीका हलहरुमा भने थप १ हजार वोन तिर्नु पर्ने छ ।
सिनेमा टिकटको मुल्य बढाउनु अपरिहार्य आवश्यकता रहेको चलचित्र वितरक सीजीभीले बताएको छ । कोरोनाका कारण लामो समयसम्म हलहरु बन्द भएको, भाडा तिर्न समस्या भएको, कर्मचारीको तलव सुविधा ब्यवस्थापनमा समस्या भएको लगायतका कारण कुल्य बढाइएको सीजीभीले बताएको छ । हाल ७० प्रतिशत हलहरु बन्द रहेको समेत बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस