काठमाडौँ-हेलीको पुच्छे«ताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
यो पुच्छे«ताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् । हेलीको पुच्छे«ताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारीएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्कावर्षा हुने गर्छ ।
आजको उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई मृगशिरा उल्कावर्षा (ओरियनिड मिटियर सावर) नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । अक्टोबर २ देखि आफ्नो सक्रियता देखाउने यो उल्कावर्षा नोभेम्बर ७ सम्म सक्रिय रहनेछ ।
उल्का वर्षाको अत्यधिक सक्रिय गतिविधि स्थानीय समयअनुसार अक्टोबर २० राति १०ः४५ देखि नै शुरु भई अक्टोबर २१ को बिहान ५ः४५ बजेसम्म देख्न सकिनेछ ।
उल्का वर्षा हेर्नको लागि मध्यरातपछिको समय उत्तम मानिन्छ । अत्यधिक उल्का वर्षाको बेला प्रतिघण्टा १५ वटासम्म उल्का देखिने अनुमान छ । ती उल्का वर्षाको गति प्रतिसेकेण्ड ६७ किमीसम्म हुने भएकाले करिब ७० किमी माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने पनि उहाँले बताउनुभयो ।
के हो उल्का वर्षा ?
पुच्छे«ताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छोड्ने गर्दछ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ«ताराको उक्त कक्षको नजिक आइपुगेका बेला धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिने सोसाइटीले जनाएको छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।
के हो हेलीको पुछ्रे तारा ?
बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छे«तारा पत्ता लगाएको हुनाले यसलाई हेलोको ‘पुच्छे«तारा’ भनिएको हो । यो पुच्छे«ताराले हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ । सन् १९८६ मा देखिएको यो पुच्छे«तारा अब सन् २०६१ मा देखिने अनुमान गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।
यसरी हेरिन्छ उल्कावर्षा
उल्कावर्षा हेर्न कुनै दूरवीन वा टेलिस्कोप आवश्यक पर्दैन । नाङ्गो आँखाले नै उल्कावर्षा हेर्न सकिन्छ । उल्कावर्षा हेर्न धैर्यको आवश्यकता पर्छ । उल्कावर्षा हेर्दा खुल्ला आकाश छान्नुपर्छ । यसका लागि घरको छत वा घर अघिको कुनै खुल्ला ठाउँमा जान सकिन्छ । दुवै स्थानमा राति चिसो हुने हुँदा तातो कपडा लगाउन आवश्यक छ । घरबाहिर निस्कँदा सुरक्षाको पनि कुरा आउँछ । चिसो र अन्य किसिमको जोखिमबाट बच्दै उल्कावर्षा हेर्न सोसाइटीले आह्वान गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस