यौन जिवन मानिसहरसको अनिवार्य पाटो हो । सुखद यौन जिवनको अभावमा बिभिन्न सामाजिक तथा पारिवारिक घटनाहरु घटिरहेका हुन्छन् ।
यौन सम्पर्कलाई जति सुरक्षित बनाउन सक्यो, त्यति नै आनन्दमय जिन्दगी हुन्छ । अत: यसका लागि उपर्युक्त कण्डम एक बरदान हुन सक्छ ।
यौन जन्य रोगहरु बाट बचाउन होस् या त अनावश्यक गर्वाधारण बाट बचाउन नै किन नहोस्, सुरक्षित कण्डम अति आवश्यक हुन्छ जसमा कण्डमको साईजको ठूलो महत्व हुन्छ । साइज नमिलेमा फुट्ने तथा खुस्कने डर हुन्छ । त्यसो भए कसरि थाहा पाउने त आफ्नो लिङ्ग अनुरुपको कण्डम?
अमेरिकी कण्डम निर्माताहरुले कण्डमको साइजलाइ तीन भागमा बिभाजन गरेका छन् । लिङ्गको उत्तेजित हुँदाको लम्बाईका अनुरुप उनीहरुले सो बिभाजन गरेका हुन् । ४.७ ईञ्च भन्दा छोटो लिङ्ग हुनेका लागि स्नज फिट कण्डम चाहिन्छ । ४.७ देखि ५.१ इञ्च सम्मको लिङ्ग भएका हरुलाई नर्मल साईजको कण्डम उपयुक्त हुन्छ भने ५.१ इञ्च भन्दा लामो लिङ्ग भएका हरुलाई लार्ज साइजको कण्डम उपयुक्त हुन्छ ।
कण्डम यसरि सुरक्षित प्रयोग गर्नुस्
१- एक्स्पायरि मिति हेरेर मात्र प्रयोग गर्ने
२-कण्डमको खोल फुटेको छ छैन राम्ररी हेर्ने फुटेको भए प्रयोग नगर्ने
३- कण्डम खोल्दा तिखो तथा धारिलो वस्तुको प्रयोग नगर्ने । फुट्ने सम्भावना हुन्छ
४-लगाउने बेला बेरिएको भाग लिङ्गको बाहिर छ छैन यकिन गर्ने
५- कण्डमको टुप्पोलाई समातेर विस्तारै लिङ्गमा लगाउने
६-विस्तारै कण्डमलाई लिङ्गको फेदसम्म खोलेर लैजाने
७- कण्डम चिप्लो नभए सिलिकन तथा अन्य ल्युव्रिकेन्टको प्रयोग गर्ने
८- विर्य स्खलन पश्चात लिङ्गको फेदबाट समातेर बिस्तारै बिर्य सहित बाहिर निकाल्ने र
९-कण्डमको मुख गाँठो पारेर डस्टविन तथा अन्य सुरक्षित स्थानमा फाल्ने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस