मौसम परिवर्तन संगै मानिसको मुड पनि परिवर्तन हुन्छ । एक अध्ययनका अनुसार अन्य मौसमको तुलनामा जाडो मौसममा यौन ईच्छा बढि हुन्छ । तर जाडोमा चिसो लाग्ने भएकाले यौन सम्पर्कका बेला साबधानी अपनाउनु पर्दछ ।
यौन क्षणिक सन्तुष्टिका लागि मात्रैं नभई मानव जीवनचक्रको लागि आवश्यक पनि छ । तर यौनसम्पर्क गर्दा ध्यान दिइएन भने ठूलो खत्तरा पनि हुन सक्दछ । कतिपयले यौन सम्बन्धबाट चरम सुख प्राप्त गर्न भन्दै पुरुषको यौनांगमा नरिवलको तेल लगाउने गर्छन् । तर, जाडो मौसममा नरिवलको तेल लगाउन नहुने स्वास्थ्यकर्मीहरू बताउछन् |
एक शोधका अनुसार नारियलको तेलमा कोमेडोजेनिक गुण हुने गर्छन् अर्थात यो थोरै मात्र चिसोमा जम्न सक्छ । यस्तोमा यदि यौनक्रियाको दौरान यसको प्रयोग गर्ने हो भने यो योनी भित्रै जम्न सक्छ जसले संक्रमणको जोखिम बढ्छ ।
अर्को कुरा जाडो मौसममा नरिवल तेलको पत्र महिलाको यौनांगभित्र जमेको खण्डमा त्यसलाई बारम्बार धुँदा पनि नजाने हुन्छ । यस्तो अवस्थामा यो अझै खतरनाक हुन सक्छ ।
त्यस्तै नरिवलको तेलमा एंटीमाइक्रोबियल गुण हुन् गर्दछ अर्थात यसले ब्याक्टेरियाहरूलाई मर्ने गर्दछ । तर यौनांग भित्रको वातावरणलाई स्वस्थ बनाइराख्न थुप्रै ब्याक्टेरियाहरूको उपस्थिति अनिवार्य हुने गर्दछ । यस्तोमा नारिवलको तेलले राम्रा ब्याक्टेरिया पनि मारिदिने हुँदा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।
जाडो लागेपछि कतिपय मानिसहरु कम नुहाउछन् । यसले तपाइको पार्टनरमा नराम्रो भाव उब्जाउछ । त्यसकारण नियमित सरसफाइमा ध्यान दिनुपर्छ । अझ थप रोमाञ्चकताका लागि आफ्नो पार्टनरलाई पनि बाथटबमा पार्टनर बनाउनु राम्रो हुन्छ ।
प्रायः मानिसहरू जाडो सुरू भएपछि अन्य मौसम भन्दा बढी पिउने गर्छन् । बरू त्यसको सट्टा चुम्बन र अंगालोले जाडो भगाउने कोशीस गरे फाइदाजनक हुनुको साथै दुईबीचको प्रेम थप गाढा हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस