-जुन मह गाढा रङ्गको हुन्छ, त्यसमा बढी एन्टीअक्सिडेन्ट हुन्छ ।
-महलाई कुनै भाँडामा राखेर राम्रोसँग बन्द गरेर राख्नाले यो बिग्रिँदैन, यसलाई लामो समयसम्म राख्न सकिन्छ ।
-एक वर्षभन्दा कम उमेरका शिशुहरूलाई मह दिनुहुँदैन, किनकि त्यसमा बोटुलिजम ब्याक्टेरियाको जीवाणुहरू हुन सक्छन्, जसले गर्दा बच्चाहरू बिरामी पर्न सक्छन् । यी जीवाणुहरू धुलो र माटो पाइन्छ, जुन महमा जान सक्छ । शिशुको शरीर यस प्रकारको सङ्क्रमणबाट आफूलाई बचाउनको लागि तयार भइसकेको हुँदैन ।
-सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा यो हो कि महलाई कहिल्यै उम्लिएको पानीमा हाल्नु हुँदैन, साथै यसलाई कहिल्यै पकाउनु समेत हुँदैन । किनकि, एउटा निश्चित तापक्रममा पुगेपछि महको केही अंश विषालु हुन्छ । त्यसैले, महलाई कि त चिसो पानीमा वा मनतातो पानीमा मिसाएर पिउन सकिन्छ ।
-अर्को महत्त्वपूर्ण कुरा के हो भने, मधुमेह–रोगको सन्दर्भमा मह र सेतो चिनीको असर उस्तै हुन्छ । दुवैले रगतमा चिनीको मात्रा बढाउँछन्, त्यसैले मधुमेहका बिरामीहरूले त्यही अनुसार ध्यान दिनुपर्ने हुन्छ ।
महको प्रयोगः आयुर्वेद र सिद्ध चिकित्सा
महको फाइदाहरूको बारेमा यस संस्कृतिमा जति खोज गरिएको छ, त्यो सायद अन्त कतै भएको छैन । महलाई मानवजातिको लागि प्रकृतिको उपहार मानिएको छ, साथै हरेक भान्साघरमा हुनैपर्ने चीज भन्ने गरिन्थ्यो । १२ महिनाभन्दा बढी उमेरका जो–कोहीका निम्ति, महलाई आफ्नो आहारको महत्त्वपूर्ण अङ्ग मानिन्थ्यो । महलाई सुपाच्य खाद्य पदार्थ मानिन्छ, जसलाई सजिलैसँग पचाउन सकिन्छ ।
दुवै चिकित्सा पद्धतिहरू-आयुर्वेद र सिद्धमा महलाई औषधीहरूको वाहकको रूपमा प्रयोग गरिन्छ । आयुर्वेदिक औषधीलाई महसँग मिसाएर खाँदा, शरीरले एकदमै सजिलोसँग र छिटो आफूमा समाहित गर्दछ, साथै रक्तसञ्चारको माध्यमले पूरै शरीरमा फैलिन्छ । यस्तो भनिन्छ कि महले औषधीको गुणलाई कायम राख्दै, यसलाई लामो समयसम्म प्रभावकारी बनाउँछ ।
सिद्ध ग्रन्थहरूमा ऊष्ण सम्बन्धी समस्याहरू, अत्यधिक कफ, वान्ता, ग्यासट्रिक जस्ता समस्याहरू तथा रगतमा हुने अशुद्धिहरूको उपचारमा समेत महको प्रयोग गर्ने सुझाव दिइएको छ । सिद्ध ग्रन्थमा सातवटा विभिन्न प्रकारका महहरूको पहिचान गरिएको छ, जसमा घना पहाडी वनहरूबाट जम्मा गरिएको महमा औषधीय गुण सबैभन्दा बढी हुने बताइएको छ । यो महमा कैयौँ औषधीय वनस्पतिहरूको गुण हुन्छ ।
महको प्रयोग अनि परम्परागत उपचार
मह-पानी
एक गिलास पानीमा (सामान्य तापक्रम), सानो चम्चाको १–३ चम्चा मह मिसाउनुहोस् अनि दिनमा दुई पटक पिउनुहोस् । यसले स्नायु प्रणालीमा हुने कमजोरीलाई हटाउन सहयोग गर्छ ।
एक गिलास मनतातो पानीमा, सानो चम्चाको १–३ चम्चा मह मिसाउनुहोस् अनि पिउनुहोस् । यसले तरुन्तै स्फूर्ति बढाउँछ, साथै तौललाई सन्तुलनमा ल्याउन सहयोग गर्छ ।
मह–कागती
दरफरिएको वा रगडिएको ठाउँमा मह लगाउनाले घाउ चाँडै निको हुन्छ अनि दाग पनि हल्का हुन्छ । दिनमा दुई पटक, २०–२० मिनेटको लागि, मह र कागतीको रसको बराबरी भाग मिसाउएर लगाउनुहोस् । यसले अनुहारको भएको कालो दाग हटाउन सक्छ ।
पिय पदार्थको रूपमा प्रयोग गर्ने तरिकाहरू
तरिका १
अदुवा पिस्नुहोस् र त्यसको रस निकाल्नु होस् । रसलाई १५ मिनेटसम्म सिसाको भाँडामा राख्नुहोस् ।
पिँधमा रहेको पदार्थलाई यत्तिकै छोड्नुहोस् र सफा रसलाई ५–६ दिनसम्म फ्रिजमा राख्नुहोस् ।
सानो चम्चाको दुई चम्चा अदुवाको रस र दुई चम्चा मह मिसाउनुहोस् अनि हरेक बिहान खाली पेटमा खानुहोस् । यसलाई रगतलाई शुद्ध गर्न मद्दत गर्दछ । यसलाई हरेक छ महिनामा एक पटक ४८ दिनहरूसम्म खान सक्नुहोस् ।
तरिका २
ताजा अदुवा धोएर बोक्रा फाल्नुहोस् ।अदुवालाई ससाना टुक्रामा काट्नुहोस् । चौडा मुख भएको सिसाको भाँडामा मह राख्नुहोस् अनि अदुवाको टुक्राहरू त्यसमा डुबाउनु होस् ।भाँडाको मुखलाई पातलो, सेतो, सुतीको कपडाले ढाक्नुहोस् अनि १२ दिनसम्म घाममा राख्नुहोस् ।
हरेक बिहान र बेलुका २–४ टुक्रा अदुवा खानुहोस् । यसबाट अजीर्ण वा अपच सम्बन्धी समस्याहरूबाट छुटकारा पाउन सकिन्छ ।
तरिका ३
तीन चौथाइ कप पानीमा सानो चम्चाको चार चम्चा अदुवाको रस, चार चम्चा मह अनि दुई चम्चा कागतीको रस मिसाएर पिउनुहोस् । यसो गर्नाले, छिट्टै चिसोले समात्ने समस्या हुँदैन ।
तरिका ४
एउटा अनारको ताजा रस लिनुहोस् अनि सानो चम्चाको एक चम्चा मह मिसाउनुहोस् ।
हरेक बिहान खाली पेटमा खानुहोस् ।खजुर वा छोहोरा (छोकडा) मा स–साना प्वाल बनाउनुहोस् अनि महमा मिसाउनुहोस् । दिनमा दई पटक २–४ पटक यो छोहोरा खानुहोस् । यसले मुटुलाई राम्रो गर्दछ ।
तरिका ५
गर्मीको समयमा यसरी प्रयोग गर्न सकिन्छ:
खरबुजा काट्नुहोस्, बीउ निकाल्नुहोस् अनि काटेर मिक्स्चरको जारमा हाल्नुहोस् ।
अदुवाको बोक्रा फालेर थिच्नुहोस् अनि जारमा हाल्नुहोस् । (अदुवाको टुक्रा लगभग एक इन्च)
१⁄४ कप ताजा पुदिनाको पात, स्वाद अनुसारको नुन, कालो मरिचको धुलो र ठुलो चम्चाको तीन चम्चा मह मिसाउनु होस् ।
मसिनो पेस्ट नबनुन्जेलसम्म ग्राइन्ड गर्नुहोस् । यसलाई छान्नुहोस् ।अनि, गिलासमा हालेर पिउनुहोस् ।
रोचक जानकारीहरू— मौरी र मह
मौरीहरूको लगभग २५,००० प्रजातिहरू रहेका छन्, जुनमध्ये केही दुर्भाग्यवश लोप हुने अवस्थामा पुगेका छन् ।
सुपरमार्केटमा पाइने लगभग ८०% प्रतिशत खाद्यान्न मौरीहरूको पराग–सेचनको परिणाम हो ।
६००० इ.पू. मा मानिसहरूले पहिलो पटक मह जम्मा गर्न थालेको प्रमाण पाइन्छ । यो कुरा एउटा गुफाको चित्रकलामा दर्शाइएको छ ।
५०० ग्राम मह बनाउनको लागि मौरीहरूलाई पराग खोज्नको लागि १ करोड पटक भौँतारिनु पर्छ, जुन विश्वको १.५ परिक्रमा बराबर हुन आउँछ ।
मह यस्तो पदार्थ हो, जसको रासायनिक संरचना लगभग मानिसको जस्तै हुन्छ ।
महलाई जसरी प्रयोग गरिन्छ, सोहीअनुसार यसको भिन्न प्रभावहरू हुन्छन् । महलाई यत्तिकै खाँदा, वा चिसो पानीमा मिसाएर खाँदा वा मनतातो पानीमा मिसाएर खाँदा शरीरमा भिन्दाभिन्दै प्रभाव हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस