काठमाडौँ– प्राय सार्वजनिक कार्यक्रममा बोल्ड पहिरनमा पुग्न रुचाउने अभिनेत्री साम्राज्ञी ‘रातो टिका निधारमा’ को गीत सार्वजनिक कार्यक्रममा हरियो साडी सम्हाल्दै पुगेकी थिइन् । सम्भवतः उनी साडीमा पहिलो पटक सार्वजनिक कार्यक्रममा भेटिएकी हुन् । तर, उनी आफ्नो रहरले साडी लगाएर पुगेकी भने थिइनन् । फिल्मको सार्वजनिक गीतको थिमअनुसार उनले पहिरन छनोट गरेकी थिइन् । ‘मेरो माया के हो ?’ बोलको गीतमा उनले साडीमा नै ठुम्का लगाएकी छन् ।
उनी आफूलाई साडीमा राम्री देखिने भएता पनि असहज लाग्ने बताउँछिन् । ‘हिलमा साडी मिलाएर हिँड्न निकै गाह्रो हुन्छ । त्यसमाथि कसैले पल्लुमा टेकिदिन्छ । साडी राम्रो लाग्छ तर लगाएर हिँड्न असहज महशुस हुन्छ’, उनले भनिन् । ‘रातो टिका निधारमा’ मा उनले नव-नायक अंकित शर्मासँग रोमान्स गरेकी छिन् । उनले आफूले यसअघि काम गरेका अभिनेताभन्दा अंकित इनोसेन्ट लागेको बताइन् । अंकित पनि साम्राज्ञीबाट आफूले धेरै कुरा सिकेको बताउँछन् ।
फिम्ली खबर
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस