पोखरा- पोखरा क्षेत्रका लोकनृत्य बिधाका कलाकारहरुको बृहत भेलाले लोकनृत्य कलाकार संघ तदर्थ समिति गठन गरेको छ ।
पोखरा १०, उत्तमचोकस्थित रोयल दिदिबहिनी किचनमा आयोजित भेलाले केसबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा सनबहादुर गुरुङ, महासचिवा डबिन गुरुङ, सचिवमा माया थापा, कोषाध्यक्षमा रेशम गुरुङ चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा आशिष पुन, राहुल थापामगर, मुना गुरुङ, राम लामा, जसु गुरुङ, प्रिती गुरुङ रहनुभएको छ ।
तदर्थ समितिका गठनका लागि वरिष्ठ नृत्य निर्देशक मेनकाजी गुरुङको संयोजकत्वमा मनकुमार श्रेष्ठ, कर्णबहादुर गुरुङ र हुमबहादुर गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
तदर्थ समितिको गठन प्रकृया र काम, कर्तव्यका बारेमा निर्वाचनका सदस्य हुमबहादुर गुरुङ र मनकुमार श्रेष्ठले बोल्नु भएको थियो भने निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका सदस्य वरिष्ठ कलाकार कर्णबहादुर गुरुङले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । निर्वाचन समितिका संयोजक मेनकाजी गुरुङ खादा लगाएर नवनिर्वाचित तदर्थ समितिलाई शुभआर्शिवाद प्रदान गर्नुभएको थियो ।
यस अघि भेलाको उद्घाटन गर्नुहुदै निर्वाचन समितिका संयोजक मेनकाजी गुरुङले लोक नृत्य कलाकार मात्रै भन्दा पनि नृत्य कलाकार संघको रुपमा अघि बढ्न सकेमा राम्रो हुने सुझाव दिनुभयो। उहाँले संस्थामा नृत्य गर्ने कलाकार मात्रै नभएर नृत्यलाई माया गर्ने संस्थाका लागि आवाश्यक सहयोगीहरुको पनि सहभागीता गर्न सकेमा संस्था हाँक्न सहज हुने बताउनुभयो। राज्यसँग श्रोतसँगै, निती, योजनाका बारेमा पनि लबिङ जरुरी भएकाले सबै खालका जानकारहरुलाई संस्थाको आवद्ध गराउनुपर्ने बताउनुभयो ।
लोकनृत्य कलाकार संघ नेपालको भेला आयोजक समितिका संयोजक केसबहादुर गुरुङको अध्यक्षता, माधव गुरुङको सञ्चालनमा भएको कार्यक्रममा लेखनाथ साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले शुभकामना, स्वागत एवं संस्थाको अवधारणाका बारेमा सनबहादुर गुरुङले मन्तव्य राख्नुभएको थियो भने लोगो डिजाइजर दलबहादुर गुरुङ र सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस