पोखरा- गाइजात्रा पर्वको अवसरमा पोखरामा आयोजित तायमचा नृत्य प्रतियोगिताको उपाधि भिमसेनटोल तायमचा समितीले जितेको छ ।
नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायमचा समिती पोखराको आयोजनामा शुक्रवार र शनिबार हुने गाइजात्रा महोत्सब तथा तायमचा नृत्य प्रतियोगिता भएको हो ।
जितसंगै भिमसेनटोलले नगद ३० हजार सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरे । विजयी टोलीलाई नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे, महेन्द्रपुल तायमचा समितीका अध्यक्ष ओमलाल बड्गामी र तायमचा नृत्य प्रतियोगिताका संयोजक मानकाजी माकाजुले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा दोश्रो हुने तेर्सापट्टी तायमचा समितीले नगद २० हजार शिल्ड तथा प्रमाणपत्र प्राप्त गरे । नयाबजार तायमचा समिती तृतिय भए । नयाबजारले नगद १० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरे । सान्त्वना स्थान हासिल गर्ने रानीपौवाले नगद रु ५ हजार पुरस्कार तथा मायाको चिनो पाए ।
महिला टोलीको उपाधी भने बागवजार कचाः खलले जितेको छ । बागबजारले जितसंगै नगद १५ हजार र शिल्ड प्राप्त गरेको छ । विधागत रुपमा अन्तर्गत उत्कृष्ट ख्यालीको विजेता रानीपौवा, बाद्यबादन कुँडहर, उत्कृष्ट परि मोहोरियाटोल र उत्कृष्ट जोकर भिमसेनटोलले जितेको छ ।
विधागत प्रत्यक विजेताले रु २ हजार ५ सय पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराका बिभिन्न टोलका ३० टोलीले प्रतिस्पर्धा जनाएका थिए । जसमा ६ वटा महिला टोली रहेको थियो ।
पोखराको महेन्द्रपुल सडकमा दुइ दिन सम्म चलेको महोत्सवको पहिलो दिन शुक्रबार नेवारी साँस्कृतिक नृत्य, वाजा, तथा साँस्कृतिक कार्यक्रम भएको थियो ।
लाइभ कन्र्सट अन्र्तगत मौलिक बाजाका लागि ख्यातिप्राप्त लक्ष्य व्याण्ड, तन्त्र व्याण्ड तथा देउराली व्याण्डको प्रस्तुतीमा दर्शकले मनोरञ्जन लिएका थिए । चेतनामुलक मुलक साँस्कृतिक फेशन साले पनि दर्शकलाई मन्त्रमुग्ध पारेको थियो । २० वटा स्टलमा नेवारी खानाको परिकारहरु राखिएको थियो ।
महेन्द्रपुल तायमचा समितीका अध्यक्ष ओमलाल बडगामीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङले गरेका थिए । पोखरामा तायमचा नृत्य प्रतियोगिता गर्ने चलन वि.सं २०२६ सालमा शुरु भएको हो ।
२०३८ सालमा युनेस्को क्लब, २०३९ सालमा सिद्धार्थ क्लब र महेन्द्रपुलका युवाहरुले प्रतियोगिता गराएका थिए । नेवाः खलः कास्कीले २०५६ सालदेखि पोखरामा विभिन्न टोलहरुमा पालैपालो तायमचा नाच प्रतियोगिता आयोजना गर्दै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस