मुम्बई- बलिउड सिनेमा ‘८३’ को टिकट एक मिनेटमै १५ हजार वटा बिक्री भएको छ । यो सिनेमामा सन् १९८३ मा भारतीय क्रिकेट टिमले विश्वकप जितेको विषयलाई बोकेको छ । सिनेमामा रणवीर सिंह, दीपिका पादुकोण, एमी विर्क, हार्डी संधु, पंकज त्रिपाठी, जतिन सरनाजस्ता कलाकारले अभिनय गरेका छन् । फिल्मका निर्देशक कवीर खान हुन् ।
कोरोना महामारीपछिको पहिलो डिसेम्बर महिना भारतीय सिने क्षेत्रका लागि विशेष उपहार लिएर आएको छ । यो महिना ‘पुष्पा’, ‘स्पाइडरमेन’ जस्ता फिल्म प्रदर्शन भएका छन् भने ‘८३’ र ‘जर्सी’ रिलिजको तयारीमा छन् ।
अधिकांश फिल्ममा दर्शकको क्रेज जबरदस्त छ । हालै रिलिज फिल्म ‘पुष्पा’ र ‘स्पाइडरमेन’ले बक्स अफिसमा हरियो झण्डा गाडिसकेको छ । त्यहीकारण निर्माताहरूलाई फिल्म ‘८३’प्रति ठूलो आशा छ । यो सिनेमाको लागि एड्भान्स बुकिङ सुरू भइसकेको छ । बुकिङ अनुपात आफैमा उत्साहजनक देखिएको छ ।
आइतबारबाट फिल्मको एड्भान्स बुकिङ खुलेको हो । एड्भान्स बुकिङको ट्रेण्ड हेर्दा फिल्मले बुकबाट नै करिब १० करोड अधिक कमाउने विश्लेषकहरूको अनुमान छ । फिल्म क्रिसमसको अघिल्लो दिन रिलिज हुँदैछ । त्यहीकारण फिल्म रिलिजको दिन पनि टिकटको बिक्रीदर उच्च हुने व्यापार विश्लेषकहरूको बुझाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस