तेस्रो अन्तराष्ट्रिय जलरंग कला महोत्सव डिसेम्बर २ देखि ६ तारिखसम्म काठमाडौंमा हुने भएको छ ।काठमाडौं खुशिबुस्थित कोईला रेष्टुरेष्टमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराईएको हो ।
अन्तर्राष्ट्रिय जलरंग समाज, नेपाल (IWS-Nepal) ले आयोजना गरेको पत्रकार सम्मेलनमा यसपटक राजधानी काठमाडौंमा ४० देशका ३ सय बढी कलाकृतिको प्रदर्शनी हुने र देशविदेशका करिब १ सय ५0 जना कलाकारको सहभागिता रहने छ ।
समाजका महासचिव दिपक बनेपालीले सन २०१६ र 0१८ मा घान्द्रुक र लुम्बिनीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय कला कार्यक्रम यसपटक भने काठमाडौं केन्द्रित रहने बताउनुभयो । साथैं जलरंग समाजका अध्यक्ष एन बि.गुरुङ्गले “महान प्राचिन सध्यता काठमाडौं ” शिर्षकमा गर्न लागिएको जसमा सामूहिक कला दर्शनी, हनुमान ढोका, पाटन दरबार स्क्वायर, टोखा, बुढानिलकण्ठ लगायतका ऐतिहासिक ठाउँहरुको चित्रण र कला प्रत्यक्ष प्रर्दशनी तथा अन्र्तक्रिया गरिने जानकारी दिनुभयो ।
साथैं काठमाडौं शिर्षकमा चित्रहरु सिर्जना गरी कलाकारहरुले पठाउने र छनौट भएका उत्कृष्ट ३ जनालाई प्रथम, द्धितिय र तृतिय हुने व्यत्तिलाई क्रमश गोल्ड ३०० डलर, सिल्भर २०० र ब्रोन्ज १ सय डलर र १० भन्दा बढी पुरस्कार र दुईजनालाई विशेष सम्मान गरिने बताउनुभयो । उहाँले कलासँंगै प्रर्यटनको राजधानीको रुपममा विश्व सामु चिनाउन कार्यक्रम गर्न लागिएको जानकारी गराउनुभयो ।
ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले अन्तर्राष्ट्रिय जलरंग समाजले गरेकोकार्यको प्रसंशा गदैं कार्यक्रम सफलताको कामनासहित आफूले सकेको सहयोग गर्ने प्रण गर्नुभयो ।
१४० भन्दा बढी राष्ट्रमा फैलिएको अर्न्तराष्ट्रिय जलरंग समाजले गत वर्ष सेप्टेम्बर महिनामा पर्यटकीय नगरी पोखरामा नेपाल, भारत, बंगलादेश र ईरान सम्मिलित पोखरा आर्ट क्याम्प सम्पन्न गरिसकेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस