नेकपा (माओवादी केन्द्र)को जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन पश्चात भएको ” घिन्तांग घिसि ” नाच कार्यक्रम भक्तपुर नगरमा लाखौँले जनताहरुले अवलोकन गरेका छन l
शनिवार भक्तपुर नगरपालिका ८ स्थित लिवालीबाट दिउसो २: ३० बजे शुरु भएको घिन्तांग घिसि नगर परिक्रमा गरि साँझ ७ बजे मात्र समापन भएको थियो l घरको झ्याल , चोक तथा सडकको दाँया बाँया पेटीमा बसेर लाखौं स्थानियबासिहरुले प्लेकार्ड प्रदर्शन ,घिन्तांग घिसि नाच अवलोकन गरेको केन्द्रिय सदस्य केशव नेपालले बताए l तेस्तै भक्तपुर नगरमा अभियानको जिम्मेवारी पाएका केन्द्रीय सदस्य एवं संघीय सांसद गङ्गा कार्कीले साथीहरुले पानीमा रुझी रुझी पनि घिन्तांग घिसि नाच खेलेको तथा स्थानीयबासीहरुमा कलासंस्कृतीको मोह देखेर निकै हौसिंदै नेकपा माओवादी केन्द्रले भक्तपुरमा ३ महिने पार्टीको अभियानमा स्थानीय जनताको चाहना बुझी संगठन निर्माण गर्ने बताए l
ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा सापरु वा गाइजात्राको अवसरमा ७ दिन सम्म स्थानीयबासीहरुले घिन्ताङ्गघिसी नाच तथा हरेक टोल टोलमा हास्यव्यङ्ग्यात्मक ,मनोरन्जनात्मक कार्यक्रमहरु प्रस्तुत गर्ने नेकपा (माओवादी केन्द्र)भक्तपुर नगर अध्यक्ष राकेश सुवालले बताए l उहाले भक्तपुरको ऐतिहासिक कलासस्कृतीलाई राजनीतिसंग जोडेर भक्तपुर नगरमा संगठन निर्माणमा जोड दिने बताए l तेस्तै भक्तपुर जिल्ला संयोजक सुनिल बासुले हाम्रो स्थानीय पर्व गाइजात्राको अवसरमा परेको अभियानमा अन्य पार्टीले भक्तपुरमा पनि माओबादीको पार्टीले गरेका राम्रा सुशासन तथा भ्रष्टाचार बिरोधि कामहरुलाई लुकाई भ्रमपूर्ण प्रचार मात्र गरिरहेको बताए l यस ३ महिने अभियानमा भक्तपुरमा जनताको घरघरमा गई जनचेतना जगाई प्रचण्ड सरकारले गरेका सकारात्मक कामहरुको प्रचार गरि माओबादी प्रतिको सम्पूर्ण भ्रमहरु तोड्ने बताए l
भक्तपुरमा ३ महिने अभियानको जिम्मेवारी पाएका केन्द्रीय सदस्य दीर्घराज श्रेष्ठले ” घिन्तांग घिसि ” नाचको अवलोकन भक्तपुर नगरका अधिकांश जनताले गरेकोले ,भक्तपुरका जनताहरुको घरघरमा जाँदा हामीले साथ र सहयोग पाउने बताए l तेस्तै केन्द्रिय सदस्य प्रतिमा श्रेष्ठले भक्तपुरको सांकृतिक पर्व सापरु अर्थात् गाइजात्राको अवसरमा लाखौं भक्तपुरका जनताहरुले अवलोकन गरेको ” घिन्तांग घिसि ” नाच हाम्रो अभियानको उद्घाटन कार्यक्रममा राख्दा भब्य रुपमा सफल भएको बताइन l अब तिन महिने अभियानमा भक्तपुर नगरका जनताहरुसित जोडी ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेका जनताहरुले रुचाउने मौलिक कार्यक्रमहरु गर्नुपर्ने बताइन l
कार्यकममा नेकपा माओबादी केन्द्रीय सदस्यहरु बिमला सुवेदी, कुमार पौडेल , रिटर्नी सेन्टर नेपालका केन्द्रिय संयोजक देवेन्द्र सम्बाहाम्फे लगायत भक्तपुर जिल्लाका नेताहरुको पनि बाक्लो उपस्थिति रहेका थिए । उद्घाटन कार्यक्रममा नेवारी सम्ये बजिको पनि ब्यबस्था गरेका थिए l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस