शिर्षक – सत्याग्रह
यथास्थिति यो देशको अधोगति हट्नुपर्छ ,
अग्रगमन विकासको निम्ति मैले कम्मर कस्नुपर्छ l
जन्मेका हौ यै देशमा यसकै निम्ति डट्नुपर्छ ,
आफ्नो घरमा बनाएमा ,कसले विदेश पस्नुपर्छ ?
अकल , विवेक, पसिनाले मोतीको दाना फलाउन,
तहबह मा मिलाउँला ,तिम्ले कम्मर कस्नुपर्छ l
शितानुभव आइसल्याण्डको , गृष्मानुभव अरबको,
काम् माम् निम्ति अनि किन ,भोट मुग्लान पस्नुपर्छ l
ज्ञान, बिज्ञान , प्रविधिको संयोजन गरिकन
आत्मनिर्भर ,स्वाभिमानी हाम्ले कम्मर कस्नुपर्छ l
भ्रष्टाचार ,अनिमियता ,अन्यायलाई नामेट पारी ,
अग्रगामी, विकासशील रितिथिति बस्नुपर्छ l
सुर्का, गह्रा,टार अनि फाँटहरु हिल्यायर
फयाउरी लाउँदै वाउँसे गर्न सबले कम्मर कस्नुपर्छ l
नाम – धनध्वज मल्ल ठकुरी ,धनकुटा l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस